आर्चरको हराएको मेडल भेटियो | Khabarhub Khabarhub

आर्चरको हराएको मेडल भेटियो


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्ल्यान्डका तिव्र गतिका बलर जोर्फा आर्चले हराएको विश्वकप मेडल भेटिएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्विटर मार्फत मेडलको तस्बिर सार्वजनिक गर्दै उक्त ऐतिहासिक मेडल भेटिएका जानकारी दिएका हुन् ।

`क्रमैसँग खोज्दै जाँदा गेष्ट रुममा भेटियो, वुम,´ आर्चरले लेखेका छन्। केही समय अगाडि नयाँ ठाउँमा घर सारेको र घर सार्ने क्रममा मेडल हराएको उनले बताएका थिए।

नयाँ घरमा लिइएको तस्बिरमा मेडल देखिएपनि पछि राखिएको ठाउँमा नभएपछि चिन्तित बनेका थिए।

उनले विश्वकप मेडल हराएको बताए पछि उनका प्रशंसकले समेत दु:ख व्यक्त गरेका थिए ।

इग्ल्यान्डले घरमै भएको विश्वकप उपाधी उचाल्दा आर्चर सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनको नाममा २० विकेट रहेका थियो ।

गत वर्षको जुलाईमा लड्समा भएको विश्वकप फाइनलमा आर्चरले न्यूजिल्यान्डविरुद्ध सुपर ओभरमा बलिङ गरेका थिए।

सुपर ओभरमा अविस्मरणीय प्रर्दशन गर्दै आर्चरले उपाधि घरमै राख्न महत्वपूर्ण योगदान दिएका थिए।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १२ : ३७ बजे

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार