हामीले धेरै पूजाआजा गरेपछि सुशान्त जन्मिएको थियो: सुशान्तका पिता « Khabarhub

हामीले धेरै पूजाआजा गरेपछि सुशान्त जन्मिएको थियो: सुशान्तका पिता


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडकर्मीले दुःख व्यक्त गरेका छन् । केही महिनादेखि डिप्रेसनमा रहेका सुशान्तको आत्महत्याले बलिउडमा ‘नेपोटिज्म’ माथि बहस शुरु भएको छ ।

‘एमएस धोनी’ र ‘छिछोरे’ जस्ता फिल्ममा दमदार अभिनय गरेका सुशान्त सिंहले ३४ वर्षको उमेरमा आत्महत्या गरेका थिए । उनको फिल्म ‘दिल बेचारा’ प्रदर्शनको तयारीमा छ ।

पोस्टमार्टम रिपोर्टमा सुशान्तको झुण्डिएर सास फेर्न गाह्रो भई हत्या भएको लेखिएको छ । सुशान्तको आत्महत्याले उनका फ्यानहरु चिन्तित बनेका छन् ।

टिभी हुँदै फिल्म क्षेत्रमा संघर्ष गरेका सुशान्तका बारेमा उनका पिता भन्छन्, ‘ऊ मलाई खबर नगरी मुम्बई गएको थियो, जेठी दिदी नितुलाई मात्र उसले भनेको थियो, छिट्टै उसले टिभीमा काम पनि पायो ।’

उनका पिताले सुशान्तले आफ्नो योग्यताका कारण मौका पाउँदै गएको बताए । उनले सुशान्तले आफै गरेको र आफ्नै योग्यताका कारण अघि बढेको बताए । ‘पछि उसलाई के भयो, मैले बुझिनँ ।,’ उनले भने ।

सुशान्तलाई सानैदेखि अभिनयमा रुचि भएको छोरीहरुले बताएका पिताले बताए । पिताले सुशान्त इमान्दार र व्यक्तित्वमा पक्का भएको पनि बताए । उनले भने, ‘उसलाई अभिनयमा लगाव थियो, ऊ इमान्दार थियो तर कठोर थिएन ।’

सुशान्तका पिताले करिअरको खोजीमा लागेको सुशान्तलाई कहिल्यै पनि दबाब नदिएको पनि बताए । उनले आफ्नो छोरो विशेष भएको पनि उनले बताए ।

‘हामीले धेरै पूजाआजा गरेपछि सुशान्त जन्मिएको थियो, उसले छोटो समयमै उपलब्धि हासिल गरेको थियो, ऊ विशेष आत्मा थियो,’ उनले भने, ‘जीवनकालमा मान्छेले यति धेरै उपलब्धि हासिल गर्न सक्दैनन् ।’

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १२ : ०९ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड