हामीले धेरै पूजाआजा गरेपछि सुशान्त जन्मिएको थियो: सुशान्तका पिता | Khabarhub Khabarhub

हामीले धेरै पूजाआजा गरेपछि सुशान्त जन्मिएको थियो: सुशान्तका पिता


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडकर्मीले दुःख व्यक्त गरेका छन् । केही महिनादेखि डिप्रेसनमा रहेका सुशान्तको आत्महत्याले बलिउडमा ‘नेपोटिज्म’ माथि बहस शुरु भएको छ ।

‘एमएस धोनी’ र ‘छिछोरे’ जस्ता फिल्ममा दमदार अभिनय गरेका सुशान्त सिंहले ३४ वर्षको उमेरमा आत्महत्या गरेका थिए । उनको फिल्म ‘दिल बेचारा’ प्रदर्शनको तयारीमा छ ।

पोस्टमार्टम रिपोर्टमा सुशान्तको झुण्डिएर सास फेर्न गाह्रो भई हत्या भएको लेखिएको छ । सुशान्तको आत्महत्याले उनका फ्यानहरु चिन्तित बनेका छन् ।

टिभी हुँदै फिल्म क्षेत्रमा संघर्ष गरेका सुशान्तका बारेमा उनका पिता भन्छन्, ‘ऊ मलाई खबर नगरी मुम्बई गएको थियो, जेठी दिदी नितुलाई मात्र उसले भनेको थियो, छिट्टै उसले टिभीमा काम पनि पायो ।’

उनका पिताले सुशान्तले आफ्नो योग्यताका कारण मौका पाउँदै गएको बताए । उनले सुशान्तले आफै गरेको र आफ्नै योग्यताका कारण अघि बढेको बताए । ‘पछि उसलाई के भयो, मैले बुझिनँ ।,’ उनले भने ।

सुशान्तलाई सानैदेखि अभिनयमा रुचि भएको छोरीहरुले बताएका पिताले बताए । पिताले सुशान्त इमान्दार र व्यक्तित्वमा पक्का भएको पनि बताए । उनले भने, ‘उसलाई अभिनयमा लगाव थियो, ऊ इमान्दार थियो तर कठोर थिएन ।’

सुशान्तका पिताले करिअरको खोजीमा लागेको सुशान्तलाई कहिल्यै पनि दबाब नदिएको पनि बताए । उनले आफ्नो छोरो विशेष भएको पनि उनले बताए ।

‘हामीले धेरै पूजाआजा गरेपछि सुशान्त जन्मिएको थियो, उसले छोटो समयमै उपलब्धि हासिल गरेको थियो, ऊ विशेष आत्मा थियो,’ उनले भने, ‘जीवनकालमा मान्छेले यति धेरै उपलब्धि हासिल गर्न सक्दैनन् ।’

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १२ : ०९ बजे

चिनियाँ विश्लेषकले जब गङ्गाभन्दा उत्तरमा पर्ने भूभाग चीनको हुनुपर्ने बताए…

काठमाडौं– चिनियाँ कम्युनिष्ट पार्टीनिकट एक जना राजनीतिक विश्लेषकले भारतको गङ्गा

स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिन्छ : अर्थमन्त्री

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा भएका स्रोत साधनको

मौसम विभागले भन्यो- एक साताभित्र देशभर मनसुन सक्रिय हुन्छ

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन

शेरधनको तर्क- ओलीलाई विस्थापित गर्न पूर्वराष्ट्रपति आउने होइन, राजनीति गर्ने इच्छा देखाउनु भएको छैन

काठमाडौं- नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति

विश्व बैंकको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन

गण्डकी– नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन