कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका २ सैनिक संक्रमित | Khabarhub Khabarhub

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका २ सैनिक संक्रमित


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- कोरोना संक्रमण बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका २ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका कोरोना सङक्रमणबाट मुत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालयले पाल्पाले जनाएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार शव व्यवस्थापन गर्ने कार्यमा खटिएका नेपाली सेनाका २ व्यक्ति रहेका छन । संक्रमण देखिएका ३३ र ३४ वर्षका व्यक्ति हुन् ।

पन्थीका अनुसार सुरक्षित रुपमा नै शव व्यवस्थापन भैरहेको समयमा ठुलो पानी परिकाले कतै र्‍याल चुहिएको कारण संक्रमण भएको हुनसक्छ । उनीहरुको स्वास्थ्य कार्यालयले स्वाव संकलन गरेर परिक्षणका लागि पठाएको थियो ।

शव व्यवस्थापन भएदेखि नै उनीहरुलाई आइशोलेशनमा राखिएकोले समुदाय सुरक्षित रहेको हुँदा चिन्ता लिनु नपर्ने सुचना अधिकारी पन्थीले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार मुत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरिएको थियो । संक्रमीत व्यक्तिको मृत्यु भएपछि २ दिनपछि नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो । उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यो सँगै जिल्लामा संक्रमितको कुल संख्या ४ सय ४६ पुगेको छ । संक्रमित मध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

आईसोलेसनमा बसेका सक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमण हुनेको संख्या बढेसङ्गै पाल्पामा आइसोलेसन बेडको अभाव भएको छ । जसका कारण संक्रमण देखिएका ब्यक्तिलाई ब्यवस्थापनमा समस्या देखिएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १२ : १० बजे

आन्दोलनमा क्षतीको सीसा–हानिकार फोहर काठमाडौं महानगरले छुट्टै संकलन गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्र जेनजि आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाबाट

जेन-जीका नाममा लुटिएका २६८ थान हतियार सेनाद्वारा बरामद

काठमाडौँ – नेपाली सेनाले देशका विभिन्न स्थानबाट जेन-जी प्रदर्शन क्रममा

जेन-जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका प्रहरीहरूको आज पशुपति आर्यघाटमा

‘वामपन्थी दलप्रति आस्थावान् सबैजना एक ठाउँ उभिने सङ्कल्प गरौँ’

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले वामपन्थी विचारधारा बोकेका

प्रहरीले भन्यो : जेन-जीका नाममा लुटपाट र आगजनी गर्नेको तस्बिर, भिडियो पठाइदिनुस्

काठमाडौँ– नेपाल प्रहरीले यही मंगलबार र बुधबार जेन-जीका नाममा भएको