दोलखाकी एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

दोलखाकी एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अत्यधिक रक्तस्रावका कारण गम्भीर बिरामी परेकी दोलखाकी एक गर्भवतीको हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

अत्यधिक रक्तस्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा शुक्रबार भर्ना भएकी गौंरीशङ्कर गाउँपालिका–४ झ्याकुकी सात महिनाकी गर्भवती पासाङ ठिली शेर्पालाई थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी शनिबार दिउँसो काठमाडौँ ल्याइएको हो ।

शेर्पाको काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा उपचार भइरहेको छ । छ दिनदेखि रक्तस्राव भएर शेर्पालाई थप उपचारका लागि काठमाडौँ रिफर गर्नु परेको केन्द्रका चिकित्सक डा अरुण उप्रेतीले जानकारी दिए ।

अस्पतालका अनुसार शेर्पाको पाठेघरको मुखमा र पेटमा रहेको बच्चाको समेत मुटुमा समस्या देखिएको थियो ।

अस्पतालले काठमाडौँ लैजानुपर्ने अवस्था रहेको सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई जानकारी गराएका थिए ।

त्यसलगत्तै मन्त्री गुरुङले आफ्नै पहलमा हवाई उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरेका थिए ।

मन्त्रालयअन्तर्गतको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

बन्दाबन्दीको अवधिमा मात्रै २० जना गर्भवती तथा सुत्केरीकोे निःशुल्क हवाई उद्धार गरिएको कार्यक्रम समन्वय इकाइकी प्रमुख अञ्जु ढुङ्गानाले जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ७ : ०६ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले