भारतले किनेका अत्याधुनिक राफेल लडाकू विमान भारतका लागि उडे « Khabarhub

भारतले किनेका अत्याधुनिक राफेल लडाकू विमान भारतका लागि उडे


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस – भारतले खरिद गर्न लागेका फ्रान्सेली अत्याधुनिक राफेल लडाकू विमानको एक खेप भारतका लागि प्रस्थान गरेका छन् । पहिलो चरणमा पाँच वटा लडाकू विमान बुधबार भारतीय वायुसेनामा समाहित गर्ने कार्यक्रम छ ।

ती लडाकू विमानहरु फ्रान्सको मेरिगन्याक हवाई अड्डाबाट उडेका थिए । ती विमान भारततर्फ प्रस्थान गर्नुअघि फ्रान्सस्थित भारतीय राजदूतावासले गरेको ट्वीटमा भारतीय वायुसेवाको क्षमता विकासमा राफेल विमानको सहभागिताले महत्त्वपूर्ण योगदान गर्ने बताइएको छ ।

फ्रान्सेली विमानमा सात जना भारतीय पाइलटको समूह समेत सहभागी छ । उनीहरुलाई फ्रान्सस्थित डासल्ट एभिएसन कम्पनीमा तालिम समेत दिइएको थियो ।

भारतले सन् २०१६ मा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिरक्षा खरिदमा राफेल लडाकू विमान समावेश थियो । निकै विवादबीच भारतको मोदी सरकारले ६० हजार करोड भारतीय रुपैयाँमा फ्रान्सबाट ३६ वटा लडाकू विमान खरिद गरेको हो ।

नयाँ लडाकू विमान जुलाई २९ का दिन भारतको अम्बाला आइपुग्ने छन् ।

लामो दूरीका मिटिओर हवाई क्षेप्यास्त्र र स्काल्प जडित यी विमानले पाकिस्तान र चीनका विभिन्न स्थानमा अचुक निशाना लगाउन सक्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  २ : ४२ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध