हिरो मोटोकर्पको परिस्कृत ‘सुपर स्प्लेन्डर’ बाइक नेपाली बजारमा « Khabarhub

हिरो मोटोकर्पको परिस्कृत ‘सुपर स्प्लेन्डर’ बाइक नेपाली बजारमा


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोटरसाइकल तथा स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका उत्पादनप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आजबाट सुपर स्प्लेन्डरको नयाँ अद्यावधिक संस्करण बजारमा ल्याएको छ।

सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आईबीएस) सहित थप सुरक्षित भएको छ। आईबीएस एक परिस्कृत सुरक्षा विशेषता हो। जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लाग्ने कार्यको वितरणलाई सक्षम तुल्याउँछ। यसले सवारी चालकका लागि सबै परिस्थितिहरूमा अतिरिक्त सुरक्षा सुनिश्चित तुल्याउँछ।

सुपर स्प्लेन्डर अब (आईबीएस) सहित देशभरिका हिरो मोटरसाइकलको आधिकारिक शोरुममा १ लाख ९८ हजार रुपैयाँमा सेल्फ ड्रम एलोय ह्विलमा उपलब्ध हुनेछ।

सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्र्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको हो। यो बजार प्रवेशसँगै साथ हिरो मोटोकर्र्र्पले आफ्ना ग्राहकलाई प्रिमियम, उच्च–गुणस्तर र सुरक्षित उत्पादनहरू प्रदान गर्नेमा आफ्नो ध्यान केन्द्रित गरेको छ।

यो बजार प्रवेशका अवसरमा टिप्पणी गर्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले भने, ‘नेपालमा हाम्रा ग्राहकका लागि आईबीएसका साथ सुपर स्प्लेन्डर बजारमा ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ। सुपर स्प्लेन्डर देशको सबैभन्दा लोकप्रिय मोटरसाइकलमध्ये एक हो र यो भावना र ब्रान्डप्रतिको विश्वास यस मोटरसाइकलका लागिमात्र बढ्नेमा हामी विश्वस्त छौँ, जुन अब पहिलेभन्दा सुरक्षित छ।”

आईबीएसका साथ सुपर स्प्लेन्डर

प्रदर्शन : सुपर स्प्लेन्डर विश्वास, विश्वसनीयता र इन्धन दक्षताका अलावा आफ्नो प्रदर्शन र टिकाउपनका सबै बक्समा चिह्नित भएर सबै ब्रान्डमा भिन्न बनेको छ। यो मोटरसाइकल एउटा एयर कुल्ड, फोर–स्ट्रोक एकल सिलिन्डर, १२४.७ सीसी इन्जिनका साथ आउँदछ। जसले ७०० आरपीएममा ६.७२ केडब्लू (९.० बीएचपी) को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ।

सवारी र नियन्त्रण : सुपर स्प्लेन्डर ९० किमी प्रतिघन्टाको अधिकतम गतिसम्म पुग्छ। यो पनि उपयोगिता र सुविधाहरूको शृंखलासँग प्याक गरिएको छ। जस्तै– साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च चौडा एलोय ह्विल्स, आरामदायक सिट प्रोफाइल, ठूलो क्षमताको इन्धन ट्यांकी (१३ लिटर) र अगाडि ट्यांकीमुनि अतिरिक्त भण्डारणका लागि युटिलिटी बक्सका साथमा।

भाइब्रेन्ट लुक : सुपर स्प्लेन्डरले अद्वितीय शैलीको संरचना प्रस्तुत गर्दछ र यो आधुनिक ग्राफिक्सको साथ पाँच प्रिमियम मेटालिक रङहरूमा आउँछ –ब्ल्याक विथ ग्रे, क्यान्डी ब्लेजिङ रेड, ब्ल्याक विथ रेड स्ट्राइप्स, ब्ल्याक विथ भ्वाइलेट स्ट्राइप्स र एबोनी ग्रे।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ४ : ०४ बजे

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

चितवन – निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित