प्रभु बैँकको नेतृत्वमा सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय ब्यवस्थापन « Khabarhub

प्रभु बैँकको नेतृत्वमा सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय ब्यवस्थापन


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रभु बैँकको सहबित्तीयकरण नेतृत्वमा २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत आयोजनाको वित्तीय ब्यवस्थापन सम्पन्न भएको छ ।

शुक्रवार सम्पन्न एक कार्यक्रममा कुल लागत रु. ४ अर्ब ५६ करोड को सो आयोजनामा ७५ प्रतिशत अर्थात रु.३ अर्ब ४२ करोड ऋण लगानी गर्न प्रभु बैंक लि.को नेतृत्वमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले गोरक्ष हाइड्रोपावर प्रालिद्वारा प्रवर्तित उक्त आयोजनासँग ऋण लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंकले रु.१ अर्ब ८२ करोड, कर्मचारी संचय कोषले रु.८५ करोड र कृषि विकास बैंक लि. ले रु.७५ करोड ऋण लगानी गर्ने सो आयोजनामा कुल लागतको २५ प्रतिशत, रु.१ अर्ब १४ करोड कम्पनीले संस्थापक र सर्वसाधारणबाट पूँजी मार्फत जुटाउनेछ ।

ऋण संझौतामा सहबित्तीयकरण ​नेतृत्व गर्ने प्रभु बैंकको तर्फबाट प्रमुख ब्यापार अधिकृत रेनु प्रसाद पाण्डेय, कर्मचारी संचय कोषका तर्फबाट ट्रेजरी तथा लगानी शाखा प्रमुख अर्जुन कुमार गौतम, कृषि विकास बैंकका तर्फबाट कर्जा लगानी शाखा प्रमुख मिनराज पोखरेल र गोरक्ष हाइड्रोपावर प्रा.लि.का तर्फबाट प्रबन्ध संचालक रघुनाथ पुरीले हस्ताक्षर गरेका हुन् ।

धादिङ्ग जिल्लाको रुबीभ्याली गाउँपालिकामा निर्माणाधिन सो आयोजनाबाट सुख्खायाम ९म्चथ क्भबकयल० मा ४१.६३ गिगावाट आवर र वर्षायाम मा ९६.६३ गिगावाट आवर गरी कुल वार्षिक १३८.२६ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग टेक अर पेको आधारमा विद्युत खरिद बिक्री संझौता सम्पन्न गरिसकेको छ ।

विद्युतमा आत्मनिर्भर बनाउने नेपाल सरकारको लक्ष्यमा साथ दिंदै विद्युत तथा उर्जा बिकास जस्ता राष्ट्रिय प्राथमिकताका क्षेत्रमा लगानी बढाउँदै जाने बैँकको लक्ष्य बमोजिम बैँकले देशभर हालसम्म बिभिन्न ४० भन्दा बढी विद्युत आयोजनाहरुमा लगानी गरिसकेको प्रभु बैँक लि.का कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी गराए ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १२ : ५९ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना