अनलाइन प्रणालीबाट राजश्व उठाउँदै काठमाडौँ महानगर « Khabarhub

अनलाइन प्रणालीबाट राजश्व उठाउँदै काठमाडौँ महानगर


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै वडा–४ धुम्बाराहीका मदन कोइरालाले केही दिन अघि मात्रै वडा कार्यालयमै पुगेर अनलाइनमार्फत सम्पत्ति कर शीर्षकमा भुक्तानी गरे ।

विगतका वर्षहरुमा लामो समयसम्म लाइनमा बसेर निकै झण्झटिलो तरिकाले कर तिर्दै आइरहेक कोइरालाले पहिलो पटक अनलाइनबाट सम्पत्ति कर शीर्षकमा भुक्तानी गरे ।

कोभिड-१९ का समयमा अनलाइनमार्फत कर तिर्न पाउँदा उत्साहित बने । कोइरालाले पढे–लेखेकाहरुका लागि यो प्रणाली निकै प्रभावकारी भए पनि साधारण लेखपढ गर्नसम्म मुस्किल पर्नेहरुका लागि भने समस्या हुने हो कि भन्ने संसय व्यक्त गरे ।

त्यस्ता करदातालाई समेत अनलाइनमार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विकास गर्ने हो भने प्रभावकारी हुने उनको भनाई छ ।

ग्रिनहिल सिटीका गोपाल भट्टराईले पनि चालु आर्थिक वर्षको सम्पत्ति कर शीर्षकमा करीब ७ लाख भुक्तानी गरेको जानकारी दिए ।

पहिलो पटक अनलाइनबाटै कर भुक्तानी गर्न पाउँदा पनि खुशी लागेको उनले बताए । ‘विना झण्झट र छिटो–छरितो तरिकाले कर भुक्तानी गर्न सकिने यो स्मार्ट प्रणाली एकदम प्रभावकारी छ । काठमाडौँ महानगरपालिका स्मार्ट प्रणालीमा अघि बढ्दै छ भन्ने सन्देश यसले दिएको छ,’ उनले भने, ‘काठमाडौँ महानगरपालिकाले जुन कुराको थालनी गरेको छ । यो आगामी दिनमा पनि अझ प्रभावकारी बन्न सकोस्, कामना ।’

उनले कर्मचारीबाट समेत राम्रो सहयोग प्राप्त भएको भन्दै आगामी दिनमा सिष्टम डाउन हुने, ह्याङ हुने जस्ता समस्या आउन नदिने हो भने थप सरकारात्मक सन्देश जाने बताए ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल पनि विद्युतीय प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्यको थालनी गरेसँगै सकारात्मक प्रतिक्रिया आएको जानकारी दिए ।

‘आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममै काठमाडौँ महानगरपालिकाले संकलन गर्ने कर, सेवा शुल्क तथा जरिवानालाई बैकिङ तथा विद्युतीय प्रणालीबाट गर्ने उल्लेख गरेका थियौँ,’ अर्यालले भने ‘अहिले कोभिड–१९ को महामारीका बीच पनि यो प्रणालीको विकास गरी सकारात्मक कामको थालनी गरेका छौँ । अनलाइन मार्फत राजश्व भुक्तानीको सुरुवातसँगै वडाहरुमा सेवाग्राहीको भिडभाड कम हुने र सेवा पनि प्रभावकारी हुने अपेक्षा लिएका छौँ ।’

उनले आगामी दिनमा अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजाने जानकारी समेत दिए । ‘अबको प्रशासन सहभागितामुलक र पारदर्शी हुनुपर्छ । यसका लागि प्रबिधि नै उपयुक्त विकल्प हो भन्ने हेतूका साथ हामी अघि बढेका छौँ,’ उनले भने, ‘महानगरका हरेक सेवालाई अब विस्तारै विद्युतीय प्रणालीमा रुपान्तरण गर्दै लैजान्छौँ ।’

राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले असोज १ बाट अनलाईन सेवा सुरु गरेको भन्दै ११ दिनमै १ करोड ६० लाख राजस्व असुली गरेको जानकारी दिए ।

‘हामी असोज १३ बाट ३२ वटै वडाबाट सेवा सुरु गर्दैछौँ,’ उनले भने ‘सेवा सुरु गरेको ११ दिनमा विभिन्न वडाबाट ८ सय ५० करदातामार्फत अनलाइन प्रणालीमार्फत राजश्व असुली भएको छ । आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरेका छौँ ।’

उनका अनुसार यो अवधीमा सबै भन्दा बढी घर–बहाल करमार्फत ७८ लाख ३७ हजार बढी प्राप्त भएको छ । त्यसैगरी सम्पत्ति कर शीर्षकमा २० लाख ८३ हजार संकलन भएको छ । उनले सबै वडाका कर्मचारीको क्षमता विकासका लागि प्रणालीको प्रयोगात्मक सिकाइका कक्षा सञ्चालन गरिरहेको भन्दै त्यसलाई सबैको पहुँचमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे।

‘काठमाडौँ महानगरपालिका भित्र करीब ३ लाख करदाता रहेका छन् । आगामी पुससम्ममा सबै करदातालाई अनलाइन प्रणाली भित्र ल्याउने हाम्रो लक्ष्य छ,’ अधिकारीले भने, ‘यसो भएपछि कर तथा राजस्वको अभिलेखन, कर निर्धारण तथा असुली सम्बन्धी कामलाई स्वचालित बनाउन सकिन्छ ।’

उनले आर्थिक वर्ष २०७६/०७७ मात्रै ८३ प्रतिशत राजस्व असुली गरेको जानकारी दिए।

‘हामीले कोभिडको माहामारीका बीच पनि यो आर्थिक वर्षमा समेत अनलाइन प्रणालीमार्फत अधिकतम राजस्व संकलन गर्ने अपेक्षा गरेका छौ ।’ उनले सबै प्रकारका कर, राजस्व, दस्तुर र शुल्क भुक्तानी गर्न र आफूले भुक्तानी गरेको रकमको रसिद प्राप्त गर्न के–के गर्नुपर्छ भन्ने ‘डेमो’ केही दिनमै सार्वजनिक गर्ने तयारीमा रहेको भन्दै त्यसले करदाताहरुलाई थप सहज हुने बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ५ : २५ बजे

चुनाव जितेपछि भाजपा कार्यकर्ताले कोलकातास्थित टीएमसी कार्यालयमा चलाए बुलडोजर

कोलकाता- भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राजनीतिक

प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा

विराटनगर- नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबीच बहालवाला तथा

टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु, तीन घाइते

एजेन्सी– अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै

सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न प्रशासनको परिपत्र

टक्सार– जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक

संविधान संशोधनबारे पूर्वमहान्याधिवक्ताहरूसँग संवाद गर्दै कार्यदल

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज