२४ घण्टामा विश्वभर ४ लाखभन्दा बढीमा संक्रमण, ५ हजारभन्दा धेरैको मृत्यु « Khabarhub

२४ घण्टामा विश्वभर ४ लाखभन्दा बढीमा संक्रमण, ५ हजारभन्दा धेरैको मृत्यु


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ३ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमित संख्या ४ करोड ३७ लाख ६२ हजार ८८२ पुगेको छ । त्यसमध्ये ७८ हजार ८७७ जनाको अवस्था गम्भीर छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६० हजार १७६ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २१ लाख नाघेको छ ।

यस्तै एकै दिन थप ५ हजार ६५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ६४ हजार १९१ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८९ लाख ५९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७९ लाख ४५ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५४ लाख ११ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५२ हजार १८६ जनाको मृत्यु भएको छ । ८६ लाख २४ हजार १२६ जना संक्रमित भएकोमा ३४ लाख ९१ हजार ७४३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : २० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा