अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा कोनी ब्यारेटको नाम सिनेटबाट पारित « Khabarhub

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा कोनी ब्यारेटको नाम सिनेटबाट पारित


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको माथिल्लो सदन सिनेटले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित एमी कोनी ब्यारेटको नाम पारित गरेको छ ।

माथिल्लो सदनमा पकड रहेका रिपब्लिकन सिनेटरले कोनीको नाम पारित गरेका हुन् । सिनेटमा भएको मतदानमा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका सिनेटरले न्यायाधीश कोनीको पक्षमा ५२ तथा विपक्षमा ४८ मत परेको हो ।

सोमबार बेलुका भएको मतदानमा एक मात्र रिपब्लिकन सिनेटर सुजन कोलिन्सले कोनीको विपक्षमा मतदान गरिन् ।

राष्ट्रपतीय चुनाव हुन एक साता मात्रै बाँकी रहँदा ट्रम्प सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने प्रक्रियामा सफल भएका हुन् ।

प्रतिष्ठित न्यायाधीश रुथ बेडर गिन्सबर्गको निधन भएपछि रिक्त रहेको न्यायाधीश पदमा कोनीलाई नियुक्त गरिएको हो ।

न्यायाधीशमा कोनीको नियुक्तिसँगै अमेरिकाको सर्वोच्च न्यायीक निकायमा कन्जरभेटिभ न्यायाधीशको बहुमत ६-३ को हुनेछ । अमेरिकाको सर्वोच्च अदालतमा रहने ९ न्यायाधीशले जीवनभर सेवा गर्न पाउने व्यवस्था छ ।

ट्रम्पले नियुक्त गर्ने उनी सर्वोच्चको तेस्रो न्यायाधीश हुन् । यसअघि २०१७ मा नील गोर्सच र २०१८ मा ब्रेट काभानाघलाई ट्रम्पले नियुक्त गरेका थिए ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ७ : ५० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु