अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा कोनी ब्यारेटको नाम सिनेटबाट पारित « Khabarhub

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा कोनी ब्यारेटको नाम सिनेटबाट पारित


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको माथिल्लो सदन सिनेटले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित एमी कोनी ब्यारेटको नाम पारित गरेको छ ।

माथिल्लो सदनमा पकड रहेका रिपब्लिकन सिनेटरले कोनीको नाम पारित गरेका हुन् । सिनेटमा भएको मतदानमा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका सिनेटरले न्यायाधीश कोनीको पक्षमा ५२ तथा विपक्षमा ४८ मत परेको हो ।

सोमबार बेलुका भएको मतदानमा एक मात्र रिपब्लिकन सिनेटर सुजन कोलिन्सले कोनीको विपक्षमा मतदान गरिन् ।

राष्ट्रपतीय चुनाव हुन एक साता मात्रै बाँकी रहँदा ट्रम्प सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने प्रक्रियामा सफल भएका हुन् ।

प्रतिष्ठित न्यायाधीश रुथ बेडर गिन्सबर्गको निधन भएपछि रिक्त रहेको न्यायाधीश पदमा कोनीलाई नियुक्त गरिएको हो ।

न्यायाधीशमा कोनीको नियुक्तिसँगै अमेरिकाको सर्वोच्च न्यायीक निकायमा कन्जरभेटिभ न्यायाधीशको बहुमत ६-३ को हुनेछ । अमेरिकाको सर्वोच्च अदालतमा रहने ९ न्यायाधीशले जीवनभर सेवा गर्न पाउने व्यवस्था छ ।

ट्रम्पले नियुक्त गर्ने उनी सर्वोच्चको तेस्रो न्यायाधीश हुन् । यसअघि २०१७ मा नील गोर्सच र २०१८ मा ब्रेट काभानाघलाई ट्रम्पले नियुक्त गरेका थिए ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ७ : ५० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा