चीनबाट च्यांग्रा नआएपछि हुम्लीको दशैँ महँगो « Khabarhub

चीनबाट च्यांग्रा नआएपछि हुम्लीको दशैँ महँगो


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ ।

कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दशैँ महँगो भएको हो ।

विगतका वर्षहरुमा प्रत्येक वर्षको दशैँमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने गर्थे भने यो वर्षको दशैँ हुम्लीको महँगो बनेको सिमकोट–७ का स्थानीय अमृते विकले बताए ।

हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पा लगायतका नाकाबाट चिनियाँ च्याङ्ग्रा आउँदा विगतका वर्षका दशैँ हुम्लीहरुले सस्तो मूल्यमा खसी किनेर बलि दिने गरेका थिए भने यस पटक च्याङ्ग्रा नआएपछि महँगो मूल्यमा स्थानीय खसी किनेर बलि दिएको विकले बताए ।

चीनबाट आएका च्याङग्राको मूल्य हुम्लामा रु १५ हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा रु २७ हजारसम्म पर्न गएको हुनाले यो यस पटकको दशैँ महँगो भएको अर्का स्थानीय कालु बोहराले बताए ।

खसी व्यापारी राजेन्द्र बोहराले चीनले सीमा नाका बन्द गरेपछि च्याङ्ग्रा नआउँदा खसीको तौलअनुसार रु १५ देखि २७ हजारसम्ममा विक्री गरिएको बताए ।

स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारी बोहराले बताए । व्यापारीहरुले चिनियाँ च्याङ्ग्रा नआउँदा दशैँका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएको उनले बताए ।

दशैँ आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गदर्थे । कोरोनाका कारण नेपाल र चीनको सीमाना हिल्सा नाका यस पटक बन्द हुँदा चिनियाँ च्याङ्ग्रा  नभित्रिएका हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ९ : ५५ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट