कञ्चनपुरमा मृत भेटिएका युवकबारे अनुसन्धान गर्न तालिम प्राप्त कुकुर परिचालन « Khabarhub

कञ्चनपुरमा मृत भेटिएका युवकबारे अनुसन्धान गर्न तालिम प्राप्त कुकुर परिचालन


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- कञ्चनपुरमा मृत भेटिएका युवकको हत्या आशंकामा प्रहरीले अनुसन्धान थालेको छ।

भीमदत्त नगरपालिका ४, महेन्द्रनगर बजारस्थित भानु पार्टी प्यालेस नजिकै शुक्रबार बिहान घाँटीमा टेलिफोनको तार बेरिएको अवस्थामा मृत भेटिएका युवकको हत्या आशंकामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

‘युवकको सनाखत हुन सकेको छैन’, प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने, ‘शव हेर्दा बाहिरी शरीरमा कुनै चोटपटक देखिदैन, घाँटीमा तारले बेरिएको अवस्थामा शव भेटिएको छ।’

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १२ : ०५ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६