हिमाली क्षेत्रमा आलु उत्पादन घट्यो « Khabarhub

हिमाली क्षेत्रमा आलु उत्पादन घट्यो


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– फक्ताङलुङ गाउँपालिका–६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ ।

आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट बीउ खोजेर ल्याउनुपर्ने अवस्था आएको स्थानीयबासीले बताएका छन् ।

“सधैँ खम्बाचेन, घुन्सामा उत्पादित आलु फलेमा लगेर भण्डारण गरिन्थ्यो, त्यहाँसम्म तल्लो भेगका मानिस कोदो, मकैजस्ता अन्न लिएर साट्न आउँथे र आलु लिएर फर्किन्थे । यस वर्ष बीउ राख्न पनि पाइएन, ” घुन्साका हिमाली चुङदाकले भने ।

उनका अनुसार आलु उत्पादन हुने अधिकांश क्षेत्र खर्कमा परिणत हुन थालेका छन् । “आलु फल्न छाडेपछि खम्बाचेन र फलेका केही भाग खर्कमा परिणत भएका छन्, घुन्सामा यस वर्ष एक मुरी बीउ रोप्दा दश पाथी पनि राम्रो आएन, यस्तै अवस्था रहिरहे हिमाली क्षेत्रका बासिन्दालाई समस्या आउने देखिन्छ”, उनले भने ।

सदरमुकामबाट झण्डै तीन दिनको पैदल दूरीमा पर्ने घुन्सालगायतका बासिन्दा पशुपालनसँगै आलुखेती गर्छन् । विगतमा वर्षभर पुग्ने अन्नपात आलुले नै जुटाउने घुन्सावासी यो वर्ष आफैँका लागि छ दिनसम्मको समय खर्चेर याङ्मादेखि आलु बोक्न बाध्य बने ।

“आफू पनि खानु पर्‍यो, आउने पर्यटकलाई पनि खुवाउनै पर्‍यो, यो वर्ष आलु नफल्दा याङ्मादेखि पनि ल्यायौँ”, स्थानीयबासी टाँसी शेर्पाले भने।

करिब तीन हजार ४०० मिटरको उचाइमा पर्ने घुन्सामा मात्र एक सिजनमा १०० मुरीभन्दा बढी आलु उत्पादन हुन्थ्यो । आसपासका बस्तीमा उत्तिकैरुपमा उत्पादन हुन्थ्यो तर क्रमशः घट्दै गएपछि कतै जमिन बाँझो छन् भने कतै बस्तु चराउने खर्क बन्दै गएको देखिन्छ । विशेष गरी फले क्षेत्र बाँझोमा परिणत भएको देखिन्छ । सो क्षेत्रमा घुन्सावासीले नै आएर आलुखेती गर्थे ।

खम्बाचेन, घुन्सामा उत्पादित आलु पनि फलेमा नै लगेर भण्डारण गरिन्थ्यो । त्यहाँसम्म तल्लो भेगका मानिस कोदो, मकै बोकेर आलु लिन दुई दिनसम्म हिँडेर जान्थे । यसरी आलुसँग कोदो र मकै साटेर हिमाली क्षेत्रका मानिसले खाद्यान्नको जोहो गर्थे । कतिपयले बेचेर घर खर्च जुटाउँथे तर अहिले उत्पादन घटेकाले स्थानीयबासी समस्यामा परेका छन् ।

आलुको आलु उत्पादन किन घट्यो भन्ने विषयमा स्थानीय अनविज्ञ देखिन्छन् । जलवायु परिवर्तनका कारण हो कि भन्ने अनुमान गरिएको छ । केही वर्षयता हिमाली क्षेत्रका मौसमी वातावरणमा परिवर्तन आउँदा उत्पादनमा प्रभाव परेको हुनसक्ने स्थानीयबासीको भनाइ छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  २ : २० बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?