संखुवासभामा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान « Khabarhub

संखुवासभामा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ ।

दोहोरो गोली हानाहान भए पनि कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।

दिउँसो ३ बजेदेखि चन्द समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

गस्तीमा रहेको प्रहरीलाई उनीहरुले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको उनले जानकारी दिए । प्रहरीले गोली चलाएपछि उनीहरुले बिस्फोटक पदार्थ छाडेर जंगलतिर भागेका थिए । प्रहरीले उनीहरुको खोजी जारी राखेको जनाएको छ ।

चन्द समूह कार्यकर्ताले गोली चलाएपछ प्रहरीले पनि जवाफी फायरिङ गरेको प्रजिअ आचार्यले जनाए ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ७ : ३९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल