संखुवासभामा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान « Khabarhub

संखुवासभामा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान


१२ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ ।

दोहोरो गोली हानाहान भए पनि कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ ।

दिउँसो ३ बजेदेखि चन्द समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए ।

गस्तीमा रहेको प्रहरीलाई उनीहरुले आक्रमणको प्रयास गरेपछि प्रहरीले गोली चलाएको उनले जानकारी दिए । प्रहरीले गोली चलाएपछि उनीहरुले बिस्फोटक पदार्थ छाडेर जंगलतिर भागेका थिए । प्रहरीले उनीहरुको खोजी जारी राखेको जनाएको छ ।

चन्द समूह कार्यकर्ताले गोली चलाएपछ प्रहरीले पनि जवाफी फायरिङ गरेको प्रजिअ आचार्यले जनाए ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ७ : ३९ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी