कोरोनाको संक्रमण फैलिएपछि १ करोड बढी जनसंख्या भएको वुहान शहर सुनसान « Khabarhub

कोरोनाको संक्रमण फैलिएपछि १ करोड बढी जनसंख्या भएको वुहान शहर सुनसान


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन- चीनको वुहान शहर सुनसान बनेको छ । करीब एक करोड दश लाख जनसंख्या भएको वुहान शहर कोरोनाको संक्रमण फैलिएपछि सुनसान बनेको हो । कोरोनाको संक्रमण फैलिएपछि वुहान शहरमा सवारी साधनमा रोक लगाइएको छ ।

मध्य चीनमा अवस्थित वुहान शहर विश्वका विभिन्न भूभागबाट चीन प्रवेश गर्ने मुख्य द्वार हो । तर शहर अहिले विश्वका लागि बन्द गरिएको छ । अधिकांशलाई प्रवेश र बर्हिगमनको अनुमति दिइएको छैन् ।

शहरका गल्ली खाली देखिएका छन् । शहरमा यातायातका सबै साधन बन्द गरिएको छ । विशेष अनुमति लिइएको सबारी मात्रै वुहानको सडकमा गुडाइने व्यवस्था गरिएको छ ।

सरकारी सबारी साधन भने सञ्चालनमा रहेको छ । विश्वका चर्चित ब्राण्डहरु स्टारबक्स, म्याकडोनाल्डले हुबेइ प्रान्तमा रहेको आफ्नो ९० वटै शाखा बन्द गरेको छ । यद्यपि  चिनियाँ अधिकारीहरुले भने आपूर्ति व्यवस्था अत्यन्तै चुस्त रहेको जनाएको छ ।

डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा प्रथमपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिले हुवेइ प्रान्तको अधिकांश स्थलमा प्रकोपको रुपमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

चीनमा मात्रै उक्त भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ६ जना पुगिसकेको छ । ४ हजारभन्दा बढी संक्रमित रहेको चिनियाँ अधिकारीले जनाएका छन् ।

केही संक्रमित भने निको भएर घर फर्काइएको जनाइएको छ ।  करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर फर्किएका छन् ।  तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको प्रकोप चीनका २५ भन्दा बढी प्रान्तमा फैलिएको छ । गत आइतबारदेखि देशव्यापीरुपमा जङ्गली जनावरको बेचबिखनमा समेत प्रतिबन्ध लगाइएको छ ।

 

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ९ : ३० बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट