स्थानीयको विराेधपछि सचिवालयले हटायो ‘यतीका मस्कट’  « Khabarhub

स्थानीयको विराेधपछि सचिवालयले हटायो ‘यतीका मस्कट’ 


१४ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रमण वर्ष २०२० को प्रचार प्रसारका लागि विभिन्न सम्पदास्थलमा राखिएका यतीको मस्कट हटाइएका छन् ।

यतीको पिठ्यूँमा जीवित देवी कुमारी र बुद्धको आकृति मिश्रित चित्रप्रति स्थानीयले विरोध जनाएपछि  भ्रमण वर्ष सचिवालयले यतीका मस्कट हटाएको हो।

भ्रमण वर्षको प्रचार गर्न पर्यटक आगमन हुने स्थानहरु विश्वसम्पदा क्षेत्र हनुमानढोका, पाटन दरबार क्षेत्र र बौद्ध परिसरमा यतीको मस्कट राखिएका थिए ।

सम्पदा क्षेत्रमा अशोभनीय चित्र कुँदिएका मस्कट राख्न थालेपछि स्थानीयले विरोध गर्दै आएका थिए ।

हनुमानढोका क्षेत्रमा राखिएको दुईवटा यतीबारे आइतबार साँझ विवाद भएको थियो । चित्र सम्पदामैत्री नभएपछि नगर प्रहरीले ‘स्प्रे’ मार्फत सबै चित्र मेटाएकाे थियो ।

 

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ९ : २३ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,