जनशक्ति अभावमा काम गर्न अप्ठ्यारो पर्‍यो : मुख्यमन्त्री पौडेल « Khabarhub

जनशक्ति अभावमा काम गर्न अप्ठ्यारो पर्‍यो : मुख्यमन्त्री पौडेल


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको बताएका छन् ।

प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा बिहीबार यहाँ अयोजित ‘अन्तर प्रदेश लोकसेवा आयोग’ सम्बन्धी कार्याशालालाई सम्बोधन गर्दै उनले सङ्घीय सरकारले निजामती सेवा ऐन नबनाउँदा प्रदेशलाई कार्यसम्पादनमा समस्या परेको बताए ।

मुख्यमन्त्री पौडेलले सबै प्रदेशले छलफल गरेर एउटै प्रकारको ऐन निर्माण गर्दा समस्या नपर्ने उल्लेख गर्दै देशका प्रायः सबै निकायको कार्यसम्पादनमा प्रश्नहरु उठिरहँदा लोकसेवा आयोगप्रति कसैले पनि प्रश्न उठाउन नसकेको बताए । उनले भने, ‘लोकसेवा आयोगको गरिमा र विश्वसनीयतालाई प्रदेश लोकसेवा आयोगले बचाएर काम गर्नुपर्छ ।’

वाग्मती प्रदेश प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले कर्मचारी छनोट गर्दा प्रविधिको वर्तमान युगअनुसार चल्न सक्ने खालका छनोट गरिनुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासन्दर शाक्यले कर्मचारीले एकपटक पास भएपछि निवृत्त नहुञ्जेलसम्म अर्को कुनै पनि परीक्षा पास गर्नुनपर्ने र कामका लागि मरिमेट्ने कर्मचारी र कामचोर कर्मचारीको पनि बढुवालगायतको प्रक्रिया उस्तै हुनु वैज्ञानिक विधि नभएकाले विचार गर्न अनुरोध गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ८ : ५१ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने