जनशक्ति अभावमा काम गर्न अप्ठ्यारो पर्‍यो : मुख्यमन्त्री पौडेल « Khabarhub

जनशक्ति अभावमा काम गर्न अप्ठ्यारो पर्‍यो : मुख्यमन्त्री पौडेल


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आवश्यक जनशक्ति अभावमा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो परिरहेको बताएका छन् ।

प्रदेश लोकसेवा आयोग वाग्मती प्रदेशद्वारा बिहीबार यहाँ अयोजित ‘अन्तर प्रदेश लोकसेवा आयोग’ सम्बन्धी कार्याशालालाई सम्बोधन गर्दै उनले सङ्घीय सरकारले निजामती सेवा ऐन नबनाउँदा प्रदेशलाई कार्यसम्पादनमा समस्या परेको बताए ।

मुख्यमन्त्री पौडेलले सबै प्रदेशले छलफल गरेर एउटै प्रकारको ऐन निर्माण गर्दा समस्या नपर्ने उल्लेख गर्दै देशका प्रायः सबै निकायको कार्यसम्पादनमा प्रश्नहरु उठिरहँदा लोकसेवा आयोगप्रति कसैले पनि प्रश्न उठाउन नसकेको बताए । उनले भने, ‘लोकसेवा आयोगको गरिमा र विश्वसनीयतालाई प्रदेश लोकसेवा आयोगले बचाएर काम गर्नुपर्छ ।’

वाग्मती प्रदेश प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले कर्मचारी छनोट गर्दा प्रविधिको वर्तमान युगअनुसार चल्न सक्ने खालका छनोट गरिनुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासन्दर शाक्यले कर्मचारीले एकपटक पास भएपछि निवृत्त नहुञ्जेलसम्म अर्को कुनै पनि परीक्षा पास गर्नुनपर्ने र कामका लागि मरिमेट्ने कर्मचारी र कामचोर कर्मचारीको पनि बढुवालगायतको प्रक्रिया उस्तै हुनु वैज्ञानिक विधि नभएकाले विचार गर्न अनुरोध गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ८ : ५१ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती