दुर्घटनामा परेका नेकपा माले महासचिव मैनालीको अवस्था सुधारोन्मुख « Khabarhub

दुर्घटनामा परेका नेकपा माले महासचिव मैनालीको अवस्था सुधारोन्मुख


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सवारी दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थय अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दियो ।

राजधानीको ग्राण्डी अस्पतालमा उपचाररत मैनालीको शरीको भित्री भागमा चोट नभएको जानकारी चिकित्सले गराएका छन् । मैनालीको प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य देखिएको र उनी अहिले सामान्य रुपमा बोलचाल गरिरहेका छन् ।

महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गरी गम्भीर घाइते भएपछि मैनालीसहित घाइतेलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको थियो ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो ।

दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ११ : ०३ बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि