दुर्घटनामा परेका नेकपा माले महासचिव मैनालीको अवस्था सुधारोन्मुख « Khabarhub

दुर्घटनामा परेका नेकपा माले महासचिव मैनालीको अवस्था सुधारोन्मुख


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सवारी दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थय अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दियो ।

राजधानीको ग्राण्डी अस्पतालमा उपचाररत मैनालीको शरीको भित्री भागमा चोट नभएको जानकारी चिकित्सले गराएका छन् । मैनालीको प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्ट सामान्य देखिएको र उनी अहिले सामान्य रुपमा बोलचाल गरिरहेका छन् ।

महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गरी गम्भीर घाइते भएपछि मैनालीसहित घाइतेलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको थियो ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो ।

दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ११ : ०३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र