क्वारेन्टाइनमा रहेकाको दोस्रो पटक कोरोना परीक्षण गरिँदै, रिपोर्ट नेगेटिभ आए २१ गतेसम्म घर पठाइने « Khabarhub

क्वारेन्टाइनमा रहेकाको दोस्रो पटक कोरोना परीक्षण गरिँदै, रिपोर्ट नेगेटिभ आए २१ गतेसम्म घर पठाइने


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना (कोभिड–९) भाइरसको उद्गमस्थल चीनको वुहान शहरबाट नेपाल ल्याएर क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना नेपालीको दोस्रो पटक स्वास्थ्य परीक्षण गरिने भएको छ ।

क्वारेन्टाइनमा राखिएको १४ औं दिनमा (फागुन १७ गते) १ सय ७५ जनामा कोरोनाको संक्रमण रहे–नरहेको बुझ्न स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार शनिबार क्वारेन्टाइनमा रहेका नेपालीमा कोरोना संक्रमण रहे–नरहेको बुझ्न मुखको ¥याल (स्वाब)सहित नमूना लिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले जानकारी दिए ।

सरकारले फागुन ३ गते (शनिबार) चीनको वुहानबाट उद्दार गरेर ल्याएका १ सय ७५ जना नेपाली फागुन ४ गते (आइतबार)देखि भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बस्दै आएका छन् । उनीहरुको गत फागुन ४ गते नै नमूना लिएर कोरोना संक्रमण भए–नभएको परीक्षण गरिएको थियो ।

नमूना संकलन गरिएको ७२ घण्टा (३ दिन पछि) फागुन ७ गते आएको रिपोर्टमा क्वारेन्टमा रहेका सबैमा कोरोनाको संक्रमण नभएको देखिएको थियो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको २ हप्ता (१४ दिन) पछि पुनः दोस्रो पटक स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । सामान्यतः कुनै व्यक्तिमा कोरोना संक्रमण भएको १४ दिनपछि लक्षण देखिने भएका कारण दोस्रो पटक स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

यद्यपि पछिल्लो समय चीनमा कोरोना संक्रमण देखिएर उपचार पछि निको भएका भनिएका व्यक्तिमा ४० दिनपछि पुनः संक्रमण देखिएको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाल सरकारले भने दोस्रो पटकको स्वास्थ्य परीक्षण गरेपछि कुनै पनि व्यक्तिमा संक्रमण नभएको देखिए क्वारेन्टाइनमा रहेका सबै जनालाई घर पठाउने तयारी गरेको छ ।

सरकारले क्वारेन्टाइनमा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण रहे–नरहेको बारे परीक्षण गर्न शनिबार नमूना संकलन गरिने जनाएको छ । शनिबार संकलन गरिएको नमूनाको परीक्षण पश्चात करिब ७२ घण्टा पछि रिपोर्ट आउने छ ।

क्वारेन्टाइनमा रहेका नेपालीको नमूना संकलनका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तयारी शुरु गरिसकेको छ ।

कोरोना परीक्षणको रिपोर्टमा कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण भएको नदेखिए आगामी मंगलबारदेखि बुधबार (२० देखि २१) गतेसम्म सबै जनालाई घर पठाइने स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालको भनाइ छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ११ : ३० बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य