प्रचण्ड निवासमा ओली इतरका शीर्ष नेताको निष्कर्ष : वामदेवको विकल्प खोज्न हुन्न « Khabarhub

प्रचण्ड निवासमा ओली इतरका शीर्ष नेताको निष्कर्ष : वामदेवको विकल्प खोज्न हुन्न


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा अध्यक्ष केपी ओली बाहेकका शीर्ष नेता सहभागी बैठकले यसअघि सचिवालय बैठकले गरेको निर्णय कार्यन्वयन गराउने निष्कर्ष निकालेको छ ।

शुक्रबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकमा नेकपाका शीर्ष नेताहरुले सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय कार्यान्वयन गराउने विषयमा छलफल गरेका हुन् ।

प्रचण्ड, वामदेव गौतम, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठ सहभागी बैठकले उपाध्यक्ष गौतमको विकल्प खोज्न नहुने निष्कर्ष निकालेको स्रोतको भनाइ छ ।

बुधवार बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । तर प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीले वामदेवलाई सिफारिस नगर्ने भनेपछि नेकपामा ठूलो संकट देखिएको छ ।

खुमलटार बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीलाई सचिवालयको निर्णयबाट पछि नहट्न सुझाव दिने समेत निर्णय गरेको छ ।

‘प्रधानममन्त्रीलाई सामूहिक रुपमा सुझाव दिने निर्णय भएको छ,’स्रोतले भन्यो,‘वामदेव कमरेडलाई राष्ट्रियसभामा लैजाने निर्णय गरिसकिएको कारण त्यसलाई कार्यान्वयन गर्ने र अर्थमन्त्री डा युवराज खतिवडालाई पनि व्यवस्थापन गरेर अघि बढ्नुपर्छ भन्ने निष्कर्ष निस्किएको छ ।’

त्यसका लागि सोमबारसम्म पर्खने निष्कर्ष बैठकले गरेको छ ।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सर्वसम्मत निर्णय गरेपछि नेकपामा चर्को विवाद देखिएको छ ।

प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने चेतावनी दिँदै राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने बताएपछि नेकपामा संकट देखिएको हो ।

नेता खनाल, नेपाल लगायतले भने सचिवालयले गरेको निर्णय कार्यान्वयन नगरे पार्टीमा गम्भीर समस्या उत्पन्न हुने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले आफूविरुद्ध घेराबन्दी गरिएको र त्यसको सामाना गर्ने सचिवालय बैठकमै चेतावनी दिएका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ११ : ४७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र