प्रचण्ड निवासमा ओली इतरका शीर्ष नेताको निष्कर्ष : वामदेवको विकल्प खोज्न हुन्न « Khabarhub

प्रचण्ड निवासमा ओली इतरका शीर्ष नेताको निष्कर्ष : वामदेवको विकल्प खोज्न हुन्न


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा अध्यक्ष केपी ओली बाहेकका शीर्ष नेता सहभागी बैठकले यसअघि सचिवालय बैठकले गरेको निर्णय कार्यन्वयन गराउने निष्कर्ष निकालेको छ ।

शुक्रबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकमा नेकपाका शीर्ष नेताहरुले सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय कार्यान्वयन गराउने विषयमा छलफल गरेका हुन् ।

प्रचण्ड, वामदेव गौतम, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठ सहभागी बैठकले उपाध्यक्ष गौतमको विकल्प खोज्न नहुने निष्कर्ष निकालेको स्रोतको भनाइ छ ।

बुधवार बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । तर प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीले वामदेवलाई सिफारिस नगर्ने भनेपछि नेकपामा ठूलो संकट देखिएको छ ।

खुमलटार बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीलाई सचिवालयको निर्णयबाट पछि नहट्न सुझाव दिने समेत निर्णय गरेको छ ।

‘प्रधानममन्त्रीलाई सामूहिक रुपमा सुझाव दिने निर्णय भएको छ,’स्रोतले भन्यो,‘वामदेव कमरेडलाई राष्ट्रियसभामा लैजाने निर्णय गरिसकिएको कारण त्यसलाई कार्यान्वयन गर्ने र अर्थमन्त्री डा युवराज खतिवडालाई पनि व्यवस्थापन गरेर अघि बढ्नुपर्छ भन्ने निष्कर्ष निस्किएको छ ।’

त्यसका लागि सोमबारसम्म पर्खने निष्कर्ष बैठकले गरेको छ ।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने सर्वसम्मत निर्णय गरेपछि नेकपामा चर्को विवाद देखिएको छ ।

प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय नमान्ने चेतावनी दिँदै राष्ट्रिय सभामा अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने बताएपछि नेकपामा संकट देखिएको हो ।

नेता खनाल, नेपाल लगायतले भने सचिवालयले गरेको निर्णय कार्यान्वयन नगरे पार्टीमा गम्भीर समस्या उत्पन्न हुने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले आफूविरुद्ध घेराबन्दी गरिएको र त्यसको सामाना गर्ने सचिवालय बैठकमै चेतावनी दिएका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ११ : ४७ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व