वामदेवलाई राष्ट्रिय सभामा पठाउने सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ: प्रचण्ड « Khabarhub

वामदेवलाई राष्ट्रिय सभामा पठाउने सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ: प्रचण्ड


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय प्रधानमन्त्री केपी ओलीले मान्नैपर्ने र उहाँले मान्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रवार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा केही न केही विवाद र बहस हुन स्वभाविक भएको बताउँद सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले नमान्ने कुराको कल्पनासमेत गर्न नसकिने बताए ।

‘वामदेवजीलाई राष्ट्रियसभामा पठाउने सर्वसम्मत निर्णय भएको हो जुन कुरा महासचिव र प्रवक्ताले सार्वजनिक भएको छ’प्रचण्डले भने,‘प्रधानमन्त्री जीले मान्नु हुन्छ, मान्नैपर्छ । उहाँले नमान्ने कुराको कल्पनापनि गर्न सकिँदैन ।’

डा युवराज खतिवडालाई अर्थमन्त्री हुन राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको प्रचण्डले बताए ।

‘संवैधानिक व्वस्थामा राष्ट्रिय सभामा नगएपनि छ महिनाका लागि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ, अब यो प्रधानमन्त्रीको हातको कुरा हो’ प्रचण्डले भने ।

प्रधानमन्त्रीले वामदेवलाई राष्ट्रियसभामा पठाउने पार्टीको निर्णय मान्नु भएन भने के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘उहाँले सिफारिस नगर्ने कुरा म कल्पना पनि गर्न सक्दिन । उहाँले गर्नुहुन्छ । गर्नुभएन भने के भन्ने कुरा तिर अहिले म जानै चाहन्न ।’

प्रचण्डले अघि थपे,‘मलाई विश्वास छ बैठकले सर्वसम्मत गरेको निर्णयलाई उहाँले अवज्ञा गर्नुहुन्छ भनेर म कल्पना पनि गर्न सक्दिन कसैले पनि गर्नुपनि हुँदैन । उहाँले २१ गतेसम्म गर्नुहुन्छ तपाईहरुले देख्नुहुन्छ नि !’

आफूले कुनै व्यापारिसँग डिनर खाएर साँठगाँठ गरेको भन्ने सामाचारमा सत्यता नभएको प्रचण्डको भनाइ थियो ।

‘यो कपोलकल्पित हल्ला हो । मेरो केसैसँग भेट भएको छैन । मिडियामा जे प्रचार गरिएको छ त्यो नियोजित भ्रामक र कपोकल्पित छ ।त्यस्तो कही बैठक भएको वा डिनर भएको कसैले प्रमाणित गरे म बधाइ भन्ने छु । ’

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : ४० बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने