वामदेवलाई राष्ट्रिय सभामा पठाउने सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ: प्रचण्ड | Khabarhub Khabarhub

वामदेवलाई राष्ट्रिय सभामा पठाउने सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ: प्रचण्ड


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय प्रधानमन्त्री केपी ओलीले मान्नैपर्ने र उहाँले मान्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रवार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा केही न केही विवाद र बहस हुन स्वभाविक भएको बताउँद सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले नमान्ने कुराको कल्पनासमेत गर्न नसकिने बताए ।

‘वामदेवजीलाई राष्ट्रियसभामा पठाउने सर्वसम्मत निर्णय भएको हो जुन कुरा महासचिव र प्रवक्ताले सार्वजनिक भएको छ’प्रचण्डले भने,‘प्रधानमन्त्री जीले मान्नु हुन्छ, मान्नैपर्छ । उहाँले नमान्ने कुराको कल्पनापनि गर्न सकिँदैन ।’

डा युवराज खतिवडालाई अर्थमन्त्री हुन राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको प्रचण्डले बताए ।

‘संवैधानिक व्वस्थामा राष्ट्रिय सभामा नगएपनि छ महिनाका लागि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ, अब यो प्रधानमन्त्रीको हातको कुरा हो’ प्रचण्डले भने ।

प्रधानमन्त्रीले वामदेवलाई राष्ट्रियसभामा पठाउने पार्टीको निर्णय मान्नु भएन भने के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘उहाँले सिफारिस नगर्ने कुरा म कल्पना पनि गर्न सक्दिन । उहाँले गर्नुहुन्छ । गर्नुभएन भने के भन्ने कुरा तिर अहिले म जानै चाहन्न ।’

प्रचण्डले अघि थपे,‘मलाई विश्वास छ बैठकले सर्वसम्मत गरेको निर्णयलाई उहाँले अवज्ञा गर्नुहुन्छ भनेर म कल्पना पनि गर्न सक्दिन कसैले पनि गर्नुपनि हुँदैन । उहाँले २१ गतेसम्म गर्नुहुन्छ तपाईहरुले देख्नुहुन्छ नि !’

आफूले कुनै व्यापारिसँग डिनर खाएर साँठगाँठ गरेको भन्ने सामाचारमा सत्यता नभएको प्रचण्डको भनाइ थियो ।

‘यो कपोलकल्पित हल्ला हो । मेरो केसैसँग भेट भएको छैन । मिडियामा जे प्रचार गरिएको छ त्यो नियोजित भ्रामक र कपोकल्पित छ ।त्यस्तो कही बैठक भएको वा डिनर भएको कसैले प्रमाणित गरे म बधाइ भन्ने छु । ’

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १२ : ४० बजे

रास्वपामा माग : मुद्दाको टुंगो नहुन्जेल रविले सभापति पद छोड्नु पर्छ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सहकारी ठगीमा नख्खु जेलमा

विदेशको अनुभव, स्वदेशमा उपयोग

भोजपुर– वर्षौँदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाई र सन्तुष्टि नपाएका

सुनको मूल्य तोलाको दुई लाख २१ हजार ७०० पुग्यो

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ

चाडपर्वमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

चितवन– चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय

फ्रान्ससहित थप ६ मुलुकले प्यालेस्टाइनलाई दिए मान्यता, राष्ट्रसंघीय महासचिवले भने- यो अधिकार हो

न्यूयोर्क- इजरायलले गाजामा भीषण आक्रमण जारी राखिरहेको बेला फ्रान्स, अन्डोरा,