दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण, 'साईस्मिक सर्भे' को काम पूरा | Khabarhub Khabarhub

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण, ‘साईस्मिक सर्भे’ को काम पूरा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणमा अन्तर्गत साईस्मिक सर्भेको काम पूरा भएको छ ।

चिनियाँ टोलीले पहिलो चरणको अन्वेषणको साईस्मिक सर्भेको काम पुरा गरेको हो । २०६७ कार्तिक महिनादेखि शुरु भएको अन्वेषणको काम करिब साढे चार महिनामै सम्पन्न चिनियाँ टोलीले पुरा गरेको हो ।

अन्वेषण टोलिले ‘जियोलोजिकल सर्भे, म्याग्नेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिर्ङ र साईस्मिक सर्भे गरि ४ ओटा काम सम्पन्न भएको जनाएको छ ।’

खानी तथा भुगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेश त्रिपाठीले अन्वेषण अन्तर्गत सबैभन्दा महत्वपूर्ण मानिएको ‘साईस्मिक सर्भे’को काम बुधबार मात्र सम्पन्न भएको जानकारी दिए । ‘चिनियाँ प्राविधिक टोलीले केही दिनमा टेन्टहरुको व्यवस्थापन गरेर फर्किने छ’, उनले भने ।
अन्वेषण टोलीले चिनमा गएर अहिलेसम्म यो क्षेत्रमा भएका विभिन्न ४ प्रकारका सर्भेहरुको विश्लेषण गर्नेछ ।

टोलीले आफुहरुले गरेको कामबारे आफसी छलफलपछि निष्कर्ष निकाली,अर्को चरणमा गरिने कार्यका लागि कुन ठाउँमा गर्ने भन्ने ठाउँमो एकिन गर्छ,’ र अर्को टोली ‘अन्वेषण गरिएको क्षेत्रमा आउँछ । ’ पहिलो टोलीले निण्कर्ष ठाउँमा ‘ड्रलिङको’ काम अर्को टोलीले गर्ने डा.त्रिपाठीले बताए । ‘ ड्रिलिङ्को काम आउँदो बर्षको भाद्र महिना देखि शुरु हुने छ’, त्रिपाठीले बताए ।

अन्वेषणका लागि झन्डै ४० वर्ग किलोमिटर क्षेत्रमा ४५०० मिटर गहिराइसम्म खनिएको छ ।

विभिन्न चरणको काममध्ये अन्वेषणको काम सकियो अव ‘पेट्रोलियम भए नभएको ‘ड्रिलिङ्को’ काम हो । त्यो काम सम्पन्न पछि पेट्रोलको ‘भण्डार’ छ भनेर पुष्टि गर्ने डा.त्रिपाठीले बताए ।

पहिलो चरणमा टोलिले जिल्लाका भैरवी, भगवतिमाई, महाँवु, डुङ्गेश्वर गाउँपालिका र नारायण, दुल्लु तथा चामुण्डा बिन्द्रासैनी नगरपालिकाका विभिन्न भागमा आधार बनाई ‘अन्वेषण’को काम सम्पन्न गरेको हो । अन्वेषण जिल्लाका नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधार बनाई थालिए थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : ०४ बजे

कर्णाली राजमार्ग सञ्चालन

मान्म – जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको

दायाँ खुट्टामा ६ गोली लागेका विजय भन्छन्- ‘बरु मारिदिएको भए हुन्थ्यो’

काठमाडौं । ट्रमा सेन्टरको ५४९ नम्बर बेडमा लम्पसार परिरहेका २२

खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

खोटाङ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट