दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण, ‘साईस्मिक सर्भे’ को काम पूरा « Khabarhub

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण, ‘साईस्मिक सर्भे’ को काम पूरा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणमा अन्तर्गत साईस्मिक सर्भेको काम पूरा भएको छ ।

चिनियाँ टोलीले पहिलो चरणको अन्वेषणको साईस्मिक सर्भेको काम पुरा गरेको हो । २०६७ कार्तिक महिनादेखि शुरु भएको अन्वेषणको काम करिब साढे चार महिनामै सम्पन्न चिनियाँ टोलीले पुरा गरेको हो ।

अन्वेषण टोलिले ‘जियोलोजिकल सर्भे, म्याग्नेट टेल्युरिक सर्भे, जिओकेमिकल स्याम्पलिर्ङ र साईस्मिक सर्भे गरि ४ ओटा काम सम्पन्न भएको जनाएको छ ।’

खानी तथा भुगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेश त्रिपाठीले अन्वेषण अन्तर्गत सबैभन्दा महत्वपूर्ण मानिएको ‘साईस्मिक सर्भे’को काम बुधबार मात्र सम्पन्न भएको जानकारी दिए । ‘चिनियाँ प्राविधिक टोलीले केही दिनमा टेन्टहरुको व्यवस्थापन गरेर फर्किने छ’, उनले भने ।
अन्वेषण टोलीले चिनमा गएर अहिलेसम्म यो क्षेत्रमा भएका विभिन्न ४ प्रकारका सर्भेहरुको विश्लेषण गर्नेछ ।

टोलीले आफुहरुले गरेको कामबारे आफसी छलफलपछि निष्कर्ष निकाली,अर्को चरणमा गरिने कार्यका लागि कुन ठाउँमा गर्ने भन्ने ठाउँमो एकिन गर्छ,’ र अर्को टोली ‘अन्वेषण गरिएको क्षेत्रमा आउँछ । ’ पहिलो टोलीले निण्कर्ष ठाउँमा ‘ड्रलिङको’ काम अर्को टोलीले गर्ने डा.त्रिपाठीले बताए । ‘ ड्रिलिङ्को काम आउँदो बर्षको भाद्र महिना देखि शुरु हुने छ’, त्रिपाठीले बताए ।

अन्वेषणका लागि झन्डै ४० वर्ग किलोमिटर क्षेत्रमा ४५०० मिटर गहिराइसम्म खनिएको छ ।

विभिन्न चरणको काममध्ये अन्वेषणको काम सकियो अव ‘पेट्रोलियम भए नभएको ‘ड्रिलिङ्को’ काम हो । त्यो काम सम्पन्न पछि पेट्रोलको ‘भण्डार’ छ भनेर पुष्टि गर्ने डा.त्रिपाठीले बताए ।

पहिलो चरणमा टोलिले जिल्लाका भैरवी, भगवतिमाई, महाँवु, डुङ्गेश्वर गाउँपालिका र नारायण, दुल्लु तथा चामुण्डा बिन्द्रासैनी नगरपालिकाका विभिन्न भागमा आधार बनाई ‘अन्वेषण’को काम सम्पन्न गरेको हो । अन्वेषण जिल्लाका नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधार बनाई थालिए थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : ०४ बजे

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको