युद्धग्रस्त क्षेत्रबाट युरोप छिर्ने शरणार्थीलाई अब टर्कीले नरोक्ने « Khabarhub

युद्धग्रस्त क्षेत्रबाट युरोप छिर्ने शरणार्थीलाई अब टर्कीले नरोक्ने


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अंकारा– सिरियाली सेनाको हवाई आक्रमणमा ३३ सैनिक मारिएपछि टर्कीले आफ्नो मुलुकमा रहेका शरणार्थीलाई युरोप जानका लागि नरोक्ने निर्णय गरेको छ ।

टर्कीका एकजना वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार जमिन वा समुद्री मार्गबाट शरणार्थीलाई युरोप प्रवेश गर्न बन्देज नलगाउने निर्णय तत्काल लागू हुने गरी लिइएको हो । सिरियाली र अन्य राष्ट्रियताका शरणार्थीलाई अब युरोप जान ‘स्वागत गरिने’ ती अधिकारीले रोयटर्सलाई जनाएका छन् ।

यससँगै शुक्रबार झिसमिसेबाटै ३ सय भन्दा धेरै शरणार्थीहरु ग्रिसतर्फ हिँडेका टर्कीको डेमिरोरेन समाचार संस्थाले जनाएको छ । उनीहरु टर्कीको एड्रिन प्रान्तबाट ग्रिसतर्फ हिँडेका जनाइएको छ ।

टर्कीमा ३६ लाख सिरियाली शरणार्थी बसोबास गर्दै आएका छन् । त्यसबाहेक इडललिब प्रान्तसँग जोडिएको सिरिया–टर्की सीमामा अरु लाखौं सिरियालीहरु टर्की प्रवेश गर्न प्रतिक्षारत छन् । टर्कीले सिरियामा परिचालित आफ्ना सैनिकलाई केही भइहालेको खण्डमा युरोपतर्फ शरणार्थी पठाइदिने चेतावनी दिँदै आएको थियो ।

युरोपेली महादेशमा आप्रवासी संकट चुलिएका बेला सन् २०१६ मा टर्की र युरोपेली युनियन ईयूबीच भएको सम्झौता अनुसार सिरिया, इराक सहितका द्वन्द्वग्रस्त क्षेत्रका शरणार्थीलाई टर्कीमै राख्नका लागि ईयूले टर्कीलाई सहयोगस्वरुप अर्बांै युरो दिएको थियो ।

बिहीबार सिरियाली सेनाको हवाई आक्रमणमा आफ्ना ३३ सैनिक मारिएपछि टर्कीले यस्तो निर्णय गरेको हो । हवाई आक्रमणमा सिरियाको इडलिब प्रान्तमा सिरियाली विद्रोहीलाई सैनिक सहयोग गर्नका लागि खटिएका टर्किस सैनिकको ज्यान गएको थियो । हवाई कारवाहीमा अरु ३२ सैनिक घाइते भएका थिए ।

पछिल्लो समय टर्की समर्थित सिरियाली विद्रोही र सिरियाली सेनाबीच इडलिब प्रान्तमा भीषण युद्ध चर्किरहेको छ । सिरियाली विद्रोहीलाई सहयोग गर्नका लागि टर्कीले हजारौंको संख्यामा सैनिक र सैनिक उपकरण त्यसतर्फ पठाउने गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : २५ बजे

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

मध्यरातमा सुनसरी तनावग्रस्त: प्रहरीको गोली लागेर एक जनाको मृत्यु, २२ जना घाइते

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगन्ज बजारमा साउने सोमबारको ‘बोलबम’

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो

काठमाडौँ– यस वर्षको साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मूल मन्दिरभित्र