युद्धग्रस्त क्षेत्रबाट युरोप छिर्ने शरणार्थीलाई अब टर्कीले नरोक्ने | Khabarhub Khabarhub

युद्धग्रस्त क्षेत्रबाट युरोप छिर्ने शरणार्थीलाई अब टर्कीले नरोक्ने


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अंकारा– सिरियाली सेनाको हवाई आक्रमणमा ३३ सैनिक मारिएपछि टर्कीले आफ्नो मुलुकमा रहेका शरणार्थीलाई युरोप जानका लागि नरोक्ने निर्णय गरेको छ ।

टर्कीका एकजना वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार जमिन वा समुद्री मार्गबाट शरणार्थीलाई युरोप प्रवेश गर्न बन्देज नलगाउने निर्णय तत्काल लागू हुने गरी लिइएको हो । सिरियाली र अन्य राष्ट्रियताका शरणार्थीलाई अब युरोप जान ‘स्वागत गरिने’ ती अधिकारीले रोयटर्सलाई जनाएका छन् ।

यससँगै शुक्रबार झिसमिसेबाटै ३ सय भन्दा धेरै शरणार्थीहरु ग्रिसतर्फ हिँडेका टर्कीको डेमिरोरेन समाचार संस्थाले जनाएको छ । उनीहरु टर्कीको एड्रिन प्रान्तबाट ग्रिसतर्फ हिँडेका जनाइएको छ ।

टर्कीमा ३६ लाख सिरियाली शरणार्थी बसोबास गर्दै आएका छन् । त्यसबाहेक इडललिब प्रान्तसँग जोडिएको सिरिया–टर्की सीमामा अरु लाखौं सिरियालीहरु टर्की प्रवेश गर्न प्रतिक्षारत छन् । टर्कीले सिरियामा परिचालित आफ्ना सैनिकलाई केही भइहालेको खण्डमा युरोपतर्फ शरणार्थी पठाइदिने चेतावनी दिँदै आएको थियो ।

युरोपेली महादेशमा आप्रवासी संकट चुलिएका बेला सन् २०१६ मा टर्की र युरोपेली युनियन ईयूबीच भएको सम्झौता अनुसार सिरिया, इराक सहितका द्वन्द्वग्रस्त क्षेत्रका शरणार्थीलाई टर्कीमै राख्नका लागि ईयूले टर्कीलाई सहयोगस्वरुप अर्बांै युरो दिएको थियो ।

बिहीबार सिरियाली सेनाको हवाई आक्रमणमा आफ्ना ३३ सैनिक मारिएपछि टर्कीले यस्तो निर्णय गरेको हो । हवाई आक्रमणमा सिरियाको इडलिब प्रान्तमा सिरियाली विद्रोहीलाई सैनिक सहयोग गर्नका लागि खटिएका टर्किस सैनिकको ज्यान गएको थियो । हवाई कारवाहीमा अरु ३२ सैनिक घाइते भएका थिए ।

पछिल्लो समय टर्की समर्थित सिरियाली विद्रोही र सिरियाली सेनाबीच इडलिब प्रान्तमा भीषण युद्ध चर्किरहेको छ । सिरियाली विद्रोहीलाई सहयोग गर्नका लागि टर्कीले हजारौंको संख्यामा सैनिक र सैनिक उपकरण त्यसतर्फ पठाउने गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : २५ बजे

पार्टी नेता, कार्यकर्ताबाट १० रुपैयाँ सहयोग उठाएर पार्टी कार्यालय पुनः निर्माण गर्छौँ : धनराज गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट १०

जेन-जी आन्दोलनका घाइते प्रहरी भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गत २३ र २४ गते भएको

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

काठमाडौं– गत भदौ २३ र २४ गते जेन-जीको प्रदर्शनका क्रममा

गगनको प्रस्ताव : कांग्रेस अहिले घाइते छ, विशेष महाधिवेशन गरेर नेतृत्व फेरौँ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई आमूल परिवर्तन गरेर

अन्तरिम सरकार गठन र संसद् विघटन राष्ट्रपतिको स्वेच्छाले भएको हैन : कृष्णप्रसाद सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अन्तरिम सरकार गठन र