२ लाख ४० हजार ‘स्मार्ट’लाइसेन्स छापियो « Khabarhub

२ लाख ४० हजार ‘स्मार्ट’लाइसेन्स छापियो


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ ।

झण्डै आठ लाख छाप्नु पर्नेमध्ये अहिलेसम्म उक्त चालक अनुमतिपत्र छापिइसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।

झण्डै पाँच लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी छ । विभागले तीन चरणमा उपकरण सञ्चालन गरेर बाँकी अनुमतिपत्र छापिरहेको महानिर्देशक गोगनबहादुर हमालले बताए ।

आगामी असारसम्ममा बाँकी अनुमतिपत्र छापिसक्ने विभागको लक्ष्य छ । महिनामा एक लाख ५० हजारभन्दा बढी अनुमतिपत्र छपाइ भइरहेको छ । उनले भने, “यही गतिमा काम अघि बढ्दा आगामी असारसम्ममा सकिन्छ ।”

विभागका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म छ । नयाँ उपकरणले चार सय देखि पाँच सय अनुमतिपत्र एक घण्टामा छाप्न सक्छ । पहिले सात वटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । तीमध्ये तीन वटाले काम गर्छन् । पुराना तीन उपकरण र ‘मास प्रिन्टर’ दुवैको प्रयोग गरी बाँकी अनुमतिपत्र छाप्न लागिएको विभागले जनाएको छ ।

विभागले गत वर्ष ग्लोबल खरिद प्रक्रियामार्फत मदरास प्रिन्टर प्रालिमार्फत प्रिन्टर किनेको हो । विभागले छपाइ गर्नसक्ने क्षमताभन्दा माग धेरैगुणा बढी हुँदा एक वर्ष सेवाग्राहीले अनुमतिपत्र पाएका थिएनन् ।

कतिपय कार्ड छापिएको लामो समयसम्म सेवाग्राही लिन नआउँदा व्यवस्थापनमा कठिन भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । अनुमतिपत्र परीक्षा लिने र वितरणको काम प्रदेश कार्यालबाटै सञ्चालन भइरहे पनि छाप्ने काम विभागले गर्दै आएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  १ : ५२ बजे

बिपी राजमार्ग नखुल्दा यात्रुलाई सास्ती

काभ्रेपलाञ्चोक – शनिबार र आइतबारको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग

लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

तेह्रथुम – यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख

आज २०८३ साल वैशाख १४ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १४ गते सोमबार। वैशाख