पेटमा ६ किलो गाँजा बाँधेर भारतको यात्रा « Khabarhub

पेटमा ६ किलो गाँजा बाँधेर भारतको यात्रा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जमा पेटमा लागू औषध गाँजा बाँधेर तस्करी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिएको प्रहरी टोलीले पेटमा २ किलो गाँजा बाँधेर वीरगन्जबाट भारतर्फ जाँदै गरेका ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय राज्य बिहारको छपरा जिल्ला अन्तर्गत महुली गाउँ घर भएका ३५ वर्षी दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी छन् ।

प्रहरीका अनुसार उनीहरु २ किलोका दरले ६ किलो गाँजा पेटमा बाँधेर पैदल हिँडेर भारततर्फ जाँदै गरेका थिए ।

विशेष सूचनाका आधारमा परिचालन भएको टोलीले तीनै जनालाई वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेट नजिकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ३ : ४६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र