पेटमा ६ किलो गाँजा बाँधेर भारतको यात्रा « Khabarhub

पेटमा ६ किलो गाँजा बाँधेर भारतको यात्रा


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जमा पेटमा लागू औषध गाँजा बाँधेर तस्करी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिएको प्रहरी टोलीले पेटमा २ किलो गाँजा बाँधेर वीरगन्जबाट भारतर्फ जाँदै गरेका ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय राज्य बिहारको छपरा जिल्ला अन्तर्गत महुली गाउँ घर भएका ३५ वर्षी दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी छन् ।

प्रहरीका अनुसार उनीहरु २ किलोका दरले ६ किलो गाँजा पेटमा बाँधेर पैदल हिँडेर भारततर्फ जाँदै गरेका थिए ।

विशेष सूचनाका आधारमा परिचालन भएको टोलीले तीनै जनालाई वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेट नजिकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ३ : ४६ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि