अमेरिकी दूतावासको कर्मचारी हुँ भन्दै लाखौं रकम ठगी गर्ने व्यक्ति पक्राउ « Khabarhub

अमेरिकी दूतावासको कर्मचारी हुँ भन्दै लाखौं रकम ठगी गर्ने व्यक्ति पक्राउ


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासको म्यानेजर हुँ भन्दै लाखौं रकम ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरे घर भइ काठमाडौंको थली बस्दै आएका ४१ वर्षीय विकास भनिने केदार खड्का छन् ।

उनले आफू अमेरिकी दूतावासको एजुकेटिभ म्यानेजर हुँ भन्दै नक्कली परिचय पत्र देखाएर केही व्यक्तिलाई अमेरिका पठाइ दिने भन्दै लाखौं रकम ठगी गरेका खुलेको छ ।

पीडित पक्षबाट परेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले खड्कालाई पक्राउ गरेको हो ।

पक्राउ परेका खड्काविरुद्ध आवश्यक कारबाही र थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ५ : १९ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान