नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा : डब्लुएचओ « Khabarhub

नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा : डब्लुएचओ


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएको छ ।

विश्वका विभिन्न देशमा फैलँदोक्रममा रहेको कोरोना भाइरस नेपाल छिर्यो भने भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले  नेपाललाई अति उच्च जोखिमको सूचीमा राखेको जनाएको हो ।

डब्लुएचओले नेपाल लगायत दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ ।

कोरोना भाइरस (कोभिड- १९)  संक्रमण हुनसक्ने अति उच्च जोखिमको सूचीमा केही अफ्रिकी देशहरुलाई पनि राखिएको छ ।

यसअघि डव्लुएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । नेपालमा अहिलेसम्म शुरुमा एक जना बाहेक कसैलाई संक्रमण देखिएको छैन् ।

नेपालले चीनबाट १ सय ७५ जनालाई उद्धार गरी भक्तपुरको खरीपाटीस्थित क्वारेन्टाइनमा राखेको छ । उनीहरुको स्वास्थ्य परीक्षणमा कोरोनाको संक्रमण नदेखिए पनि अझै केहीदिन क्वारेन्टाइनमै राखेर मात्रै घर जान दिइने छ ।

चीनबाट शुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण अहिले विश्वका विभिन्न देशमा फैलिएको छ । एशियाली मुलुकहरुसहित युरोप, अफ्रिका लागायतमा पनि कोरोना भाइरसको प्रकोपमा वृद्धि भइरहेको छ ।

चीनबाहेक दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर, जापान, इटाली र इरानमा समेत अहिले कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनपछि दक्षिण कोरियामा कोरोना भाइरसले प्रकोपको रुप नै लिइसकेको छ । कोरोना भाइरसको संक्रमण चीनपछि दक्षिण कोरियामा बढेको विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

अहिलेसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ८ सय  पुगेको छ । त्यस्तै विश्वभरका ८३ हजार ८ सय ५३ जन संक्रमित भएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : ०१ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन