रूसमा रेष्टुरेन्ट तथा क्याफे बन्द गर्न निर्देशन « Khabarhub

रूसमा रेष्टुरेन्ट तथा क्याफे बन्द गर्न निर्देशन


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसी सरकारले देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफेहरु बन्द गर्न निर्देशन दिएको छ । शनिबारदेखि एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेरूलाई बन्द गर्न निर्देशन दिइएको हो ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यस्तो निर्णय लिनुपरेको रूसी अधिकारीहरूले बताएका छन् । शुक्रवार जारी गरिएको निर्देशनमा घरभन्दा बाहिर खानपिनका लागि जम्मा हुन नपाइने उल्लेख गरिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीवार नै एक हप्ताका लागि काम बन्द हप्ता घोषणा गरेका थिए। उनले यही मार्च २८ तारिखदेखि अप्रिल ५ सम्म काम बन्द हप्ता तोकेका हुन् । सरकारले शुक्रबारदेखि अन्तराष्टिय हवाई सेवा समेत बन्द गरेको छ ।

रूसमा पछिल्लो समय कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो विवरण अनुसार रूसमा कोरोना भाइरसका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ८४० जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  ६ : १६ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको