के आमिर खानले आटाको प्याकेटमा हालेर पैसा बाँडेका थिए ? « Khabarhub

के आमिर खानले आटाको प्याकेटमा हालेर पैसा बाँडेका थिए ?


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – इन्टरनेटमा एक भिडियो भाइरल भएको छ, जसमा भनिएको छ – सुपरस्टार आमिर खानले अनौठो तरिका अपनाएर निम्न आय हुनेलाई पैसा दिएका छन् ।

उक्त भाइरल भिडियोका अनुसार बलिउड अभिनेता आमिर खानले गुजारा चलाउन धौ धौ हुनेलाई बाँडनका लागि गहुँको आटाको प्याकेट हालेर एक ट्रक पठाएका थिए । उक्त ट्रक दिल्लीबाट एक पिछडिएको गाउँका लागि पठाइएको थियो ।

खबरका अनुसार आटाको हरेक प्याकेटमा १५ हजार रुपैयाँ पनि राखिएको थियो । केही भारतीय सञ्चार माध्यमका अनुसार आटाका प्याकेट जसलाई अति आवश्यक थियो, उनीहरुले मात्र लिए । र, उनीहरुले १५ हजार पनि पाए ।

जसलाई आवश्यक छ, उसले आटाको प्याकेट राख्नेछ, अरुले एउटा आटाको प्याकेट पनि के राख्नु भनेर राख्ने छैनन् भन्ने अर्थमा यसरी राहत बाँडिएको चर्चा सामाजिक सञ्जालमा छाएको छ ।

यद्यपि यो भिडियो वास्तविक हो या होइन भन्ने अझै पुष्टि भएको छैन ।

आमिर खानले बलिउडका अन्य स्टारले भन्दा फरक तरिकाले सामाजिक सेवा गर्ने गर्छन् । त्यसैले पनि आमिरले फरक तरिका अपनाएर सहयोग गरेको भन्दै फ्यानले धन्यवाद समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १२ : २८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र