के आमिर खानले आटाको प्याकेटमा हालेर पैसा बाँडेका थिए ? « Khabarhub

के आमिर खानले आटाको प्याकेटमा हालेर पैसा बाँडेका थिए ?


१६ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – इन्टरनेटमा एक भिडियो भाइरल भएको छ, जसमा भनिएको छ – सुपरस्टार आमिर खानले अनौठो तरिका अपनाएर निम्न आय हुनेलाई पैसा दिएका छन् ।

उक्त भाइरल भिडियोका अनुसार बलिउड अभिनेता आमिर खानले गुजारा चलाउन धौ धौ हुनेलाई बाँडनका लागि गहुँको आटाको प्याकेट हालेर एक ट्रक पठाएका थिए । उक्त ट्रक दिल्लीबाट एक पिछडिएको गाउँका लागि पठाइएको थियो ।

खबरका अनुसार आटाको हरेक प्याकेटमा १५ हजार रुपैयाँ पनि राखिएको थियो । केही भारतीय सञ्चार माध्यमका अनुसार आटाका प्याकेट जसलाई अति आवश्यक थियो, उनीहरुले मात्र लिए । र, उनीहरुले १५ हजार पनि पाए ।

जसलाई आवश्यक छ, उसले आटाको प्याकेट राख्नेछ, अरुले एउटा आटाको प्याकेट पनि के राख्नु भनेर राख्ने छैनन् भन्ने अर्थमा यसरी राहत बाँडिएको चर्चा सामाजिक सञ्जालमा छाएको छ ।

यद्यपि यो भिडियो वास्तविक हो या होइन भन्ने अझै पुष्टि भएको छैन ।

आमिर खानले बलिउडका अन्य स्टारले भन्दा फरक तरिकाले सामाजिक सेवा गर्ने गर्छन् । त्यसैले पनि आमिरले फरक तरिका अपनाएर सहयोग गरेको भन्दै फ्यानले धन्यवाद समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  १२ : २८ बजे

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित