यी हुन् नाम बदलेर बलिउडमा राज गर्ने चर्चित अभिनेत्री « Khabarhub

यी हुन् नाम बदलेर बलिउडमा राज गर्ने चर्चित अभिनेत्री


१५ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर नाम बदलेर सिने जगतमा कदम राख्ने कलाकारको कमी छैन । बलिउडमा नाम बदलेर पहिचान बनाउने अभिनेताको सूची लामो बन्छ ।

जनि वाकर, दिलिप कुमार, राजेश खन्नादेखि अक्षय कुमारसम्मको पुस्ताले नाम बदलेर बलिउडमा काम गरेका छन् । तर अभिनेताले मात्र होइन अभिनेत्रीलेसमेत नाम बदलेर बलिउडमा राज गरेका छन् ।

आज हामी यस्ता केहि अभिनेत्रीका बारेमा चर्चा गर्नेछौ जसले बलिउडमा आफ्नो नाम बदलेर पहिचान बनाए ।

१. मधुबाला
पचास र साठीको दशककी बलिउडकी दिग्गज अभिनेत्रि मधुबालाको असली नाम मुमताज बेगम थियो । जसलाई मुमताजले बलिवुडमा कदम राख्नासाथ नाम बदलेर मधुबाला बनाइन् ।

२. रीना राय
सायदै कम मानिसलाई थाहा होला, बलिउडकी चर्चित अभिनेत्री रीना रायसमेत एक मुस्लिम परिवारबाट थिइन् । रीना रायको असली नाम सायरा अली हो ।

३. तब्बू

तब्बु समेत बलिउडकी एक दिग्गज अभिनेत्री हुन् । तब्बूको असली नाम तब्बसुम फातिमा हाशमी हो । तब्बूले अभिनेत्रीका रुपमा सन् १९८५ मा बलिउडमा पाइला राखेकि थिइन् ।

४. मान्यता दत्त
बलिउड अभिनेता संजय दत्तकी श्रीमती मान्यता दत्तको पनि असली नाम दिलनवाज शेख हो । मान्यताले फिल्ममा काम गर्नका लागी नाम बदलेकी थिइन् । मान्यता संजयकी तेश्रो पत्नी हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहिबार  १० : ३५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र