जाह्नवी र अनन्याका फिल्म ओटीटीमा रिलिज हुँदैछन् ? « Khabarhub

जाह्नवी र अनन्याका फिल्म ओटीटीमा रिलिज हुँदैछन् ?


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका कारण बलिउड सुस्ताएको छ । केही महिनादेखि फिल्म हल बन्द छन् । भारतमा लकडाउन जारी छ ।

फिल्म हल बन्द भएका कारण यतिबेला कैयन् फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भइरहेका छन् ।

हालै अमिताभ बच्चन र आयुष्मान खुरानाको फिल्म ‘गुलाबो सिताबो’ पनि अनलाइन प्लेटफर्ममा रिलिज गरिएको थियो ।

भारतीय मिडियाका अनुसार चर्चामा रहेको जाह्नवी कपूरको फिल्म ‘गुञ्जन सक्सेना’ र अनन्या पाण्डेको फिल्म ‘खाली पीली’ पनि अब सीधै ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ ।

जी च्यानलले यी दुई फिल्मलाई किन्न चाहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

जाह्नवीको अभिनय रहेको फिल्म ‘गुञ्जन सक्सेना’ को काम सकिएको छ । अनन्या पाण्डे र इसान खट्टरको फिल्म ‘खाली पीली’ को केही काम बाँकी छ ।

दुवै फिल्मलाई राम्रो विषयवस्तु भएका फिल्म मानिएको छ । जाह्नवीको फिल्म ‘गुञ्जन सक्सेना’ नेटफिल्क्सले पनि किन्न सक्ने सम्भावना छ ।

बलिउडमा कैयन् फिल्म रिलिज हुन नपाएर रिलिजको पर्खाइमा छन् । कोरोना महामारीपछिको सामान्य हुन अझै समय लाग्ने देखिएको छ । जसकारण निर्माताले आफ्ना फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गरिरहेका छन् ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  १२ : ०३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र