आफ्नो करिअर खराब हुन्छ भन्ने डरले तनावमा थिए सुशान्त | Khabarhub Khabarhub

आफ्नो करिअर खराब हुन्छ भन्ने डरले तनावमा थिए सुशान्त


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको खबरले बलिउड स्तब्ध छ । सुशान्तले आत्महत्या गरेको १४ दिन भइसक्दा पनि उनका फ्यानलाई विश्वास गर्न मुस्किल छ ।

उनको आत्महत्यालाई लिएर बलिउडमा अनेक खालका बहस सिर्जना भएका छन् । उनी केही महिनादेखि डिप्रेसनमा भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई लागिरहेको थियो कि, केही फिल्मकर्मीले उनको करिअर, प्रतिष्ठा र इमेज खराब गर्ने कोशिश गरिरहेका छन् ।

बान्द्रा प्रहरीले २७ जना व्यक्तिसँग सोधपुछ गरेको छ । प्रहरीले सुशान्तका नजिकका साथी, परिवारका सदस्य र उनको व्यवसायिक जीवनसँग जोडिएका व्यक्तिसँग सोधपुछ गरेको छ ।

सुशान्त आफ्नाबारेमा प्रकाशन भएका समाचारलाई लिएर समेत तनावमा पर्ने गरेको उनका नजिकका साथीहरुले बताएका छन् । उनलाई आलोचनाले पनि मानसिक रुपमा प्रभावित पारेको बताइएको छ ।

मिडिया रिपोर्टसका अनुसार सुशान्तले यशराज फिल्मसको ‘पानी’ मा काम गर्न साइन गरेका थिए । यो फिल्मलाई शेखर कपूरले निर्देशन गर्ने भनिएको थियो । तर पछि यो फिल्म विविध कारणले बनेन ।

मिडियाका अनुसार सुशान्तलाई आफ्नो करिअर डुब्ने डर थियो । जुन कारण उनी मानसिक तनावमा पर्दै गएका थिए । केही दिनअघि सुशान्तको पोस्टमार्टम रिपोर्ट आएको थियो । रिपोर्टमा घाँटीमा पासो लगाउँदा सास फेर्न गाह्रो भई ज्यान गएको बताइएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  २ : ४४ बजे

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै