आफ्नो करिअर खराब हुन्छ भन्ने डरले तनावमा थिए सुशान्त « Khabarhub

आफ्नो करिअर खराब हुन्छ भन्ने डरले तनावमा थिए सुशान्त


१४ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको खबरले बलिउड स्तब्ध छ । सुशान्तले आत्महत्या गरेको १४ दिन भइसक्दा पनि उनका फ्यानलाई विश्वास गर्न मुस्किल छ ।

उनको आत्महत्यालाई लिएर बलिउडमा अनेक खालका बहस सिर्जना भएका छन् । उनी केही महिनादेखि डिप्रेसनमा भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई लागिरहेको थियो कि, केही फिल्मकर्मीले उनको करिअर, प्रतिष्ठा र इमेज खराब गर्ने कोशिश गरिरहेका छन् ।

बान्द्रा प्रहरीले २७ जना व्यक्तिसँग सोधपुछ गरेको छ । प्रहरीले सुशान्तका नजिकका साथी, परिवारका सदस्य र उनको व्यवसायिक जीवनसँग जोडिएका व्यक्तिसँग सोधपुछ गरेको छ ।

सुशान्त आफ्नाबारेमा प्रकाशन भएका समाचारलाई लिएर समेत तनावमा पर्ने गरेको उनका नजिकका साथीहरुले बताएका छन् । उनलाई आलोचनाले पनि मानसिक रुपमा प्रभावित पारेको बताइएको छ ।

मिडिया रिपोर्टसका अनुसार सुशान्तले यशराज फिल्मसको ‘पानी’ मा काम गर्न साइन गरेका थिए । यो फिल्मलाई शेखर कपूरले निर्देशन गर्ने भनिएको थियो । तर पछि यो फिल्म विविध कारणले बनेन ।

मिडियाका अनुसार सुशान्तलाई आफ्नो करिअर डुब्ने डर थियो । जुन कारण उनी मानसिक तनावमा पर्दै गएका थिए । केही दिनअघि सुशान्तको पोस्टमार्टम रिपोर्ट आएको थियो । रिपोर्टमा घाँटीमा पासो लगाउँदा सास फेर्न गाह्रो भई ज्यान गएको बताइएको छ ।

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  २ : ४४ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको