पर्वतको दुर्लुङका १० घर जोखिममा « Khabarhub

पर्वतको दुर्लुङका १० घर जोखिममा


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – पर्वतको दुर्लुङमा गत जेठ ३१ गते राति  गएको पहिरोपछि त्यस क्षेत्रका १० घर जोखिममा परेका छन् ।

ती क्षेत्रका घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा स्थान्तरण गर्न भूगर्वविद्ले सिफारिस गरेका छन् ।

खानी तथा भूगर्भ विभागको टोलीले प्रतिवेदन सार्वजनिक गर्दै पहिरो गएको ठाउँ नजिक रहेका ती घर अत्यन्त जोखिममा रहेको जनाएको छ । पहिरोमा परी  कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा नौ जनाको अकालमा मृत्यु भएको थियो ।

भूगर्वविद्को टोलीले पहिरो जानुका कारण र त्यस क्षेत्रका जमिनको आगामी अवस्थाबारे प्रतिवेदन बुझाएको छ । ‘पहिरोको वर्तमान अवस्था र निकट भविष्यमा हुने वर्षालाई समेत आँकलन गरी पहिरो आसपासका १० घर तत्कालका लागि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ,’ अध्ययनको नेतृत्व गरेका भूगर्वविद् शिवकुमार बाँस्कोटाले भने ।

पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायो इञ्जीनियरिङ पद्धति अवलम्बन गर्न सकिने पनि सुझाव दिइएको उनले बताए ।

पहिरो जाँदाको दिन करिब तीन घण्टासम्म लगातार मुसलधारे वर्षाले भिरालो जमिनमा पहिरो उत्पत्ति भई सतहको माटो र रुख बिरुवासमेत बगेको जनाइएको छ ।

केही तलको समथर स्थानमा छोटो समय थुनिन गई एक्कासी विस्फोट हुँदा तल्लो तटीय क्षेत्रको समथर भूभागमा रहेको बस्तीमा पहिरोले बगाएर ल्याएको गेग्रान थुप्रिइ दुई घरमा क्षति पुग्नुका साथै आसपासका १० घर उच्च जोखिममा रहेको अध्ययनले निष्कर्ष निकालेको छ ।

प्रतिवेदनमा काफलबोट/काउलेका सात घर र खेतसहितको जमिन अस्थिर भई तलतिर विस्तारै सर्ने क्रममा रहँदा घरहरु ढल्केको तथा चर्केको अवस्थामा पाइएकाले त्यस ठाउँको बस्तीलाई पनि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरिएको छ ।

ढकालबारीदेखि नुवारखोलासम्म ठूलो भूभाग पनि लामो समयदेखि तलतिर सरेको पाइएको भूगर्वविद् बाँस्कोटाले जानकारी दिए ।

उक्त स्थानमा रहेका घर सार्न, नयाँ घर नबनाउन, सिँचाइ खेती नगर्न, भेल पानी तर्काउन र उक्त क्षेत्रभित्र रहेका पानीका मूलको व्यवस्थित निकास दिन पनि सुझाव दिइएको छ ।

सडक निर्माणका क्रममा जमिन काटिँदा, काटिएको माटो अव्यवस्थित तवरले फ्याँकिदा तथा साइड ड्रेन (नालीहरु) व्यवस्थित नहुँदा कोटगाउँ, गैराथोक र घोगेनी क्षेत्रका केही घरमा जोखिम बढेको देखिएकाले त्यस्ता काम गर्दा आवश्यक प्राविधिक अध्ययन तथा सर्वेक्षण गरी बस्ती सुरक्षित हुने हिसाबले गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ ।

भूगर्वविद्को प्रतिवेदनका आधारमा पहिरोबाट पूर्ण क्षति भएका दुई तथा आसपासका १० घर, काफलबोट र काउलेका सात घर र ढकालबारीबाट नुवारखोलासम्म रहेका घर सुरक्षित स्थानमा सार्न शहरी विकास मन्त्रालयमार्फत काम हुनेछ ।

त्यसैगरी पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायोइञ्जीनियरिङको कामलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत थप अध्ययन गरी अघि बढाइने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ७ : ४८ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री