चार जना कर्मचारीमा कोरोना पुष्टि भएपछि जगदम्बा इन्टरप्राइजेज सिल « Khabarhub

चार जना कर्मचारीमा कोरोना पुष्टि भएपछि जगदम्बा इन्टरप्राइजेज सिल


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत सहित ४ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले सिल गरेको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतसहितको टोलीले आदर्शनगरस्थित जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमति विना उद्योग प्रवेशमा रोक लगाइएको पर्साका सहायक प्रजिअ बस्नेतले जानकारी दिए ।

कोरोना संक्रमणको बेला यहाँस्थित विभिन्न उद्योगकहरुले कामदाहरुलाई लुकीछिपी नेपाल प्रवेश गराएको जसले गर्दा वीरगन्जको समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आरोप लाग्न थालेपछि प्रशासनले उद्योग अनुगमन कार्यलाई तीब्रता दिएको थियो ।

गत साउन ६ गते जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कोरोना अस्पतालको आईसीयूमा कक्षमा उपचाररत छन् । उनकै सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्ग गर्दा सोमबार आएको रिपोर्टमा अन्य थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि हुनेहरुमा २६, ४८ र ५६ वर्षीय पुरुष रहेका छन् । त्यस पश्चात प्रशासनले उक्त कार्यालयलाई सिल गरेको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ३ : २५ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन