गुल्मीका सीमा नाकामा कडाइ, सुरक्षाका मापदण्ड पालना गर्न निर्देशन « Khabarhub

गुल्मीका सीमा नाकामा कडाइ, सुरक्षाका मापदण्ड पालना गर्न निर्देशन


१२ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास – कोरोना भाइरसको जोखिम बढेसँगै गुल्मीमा स्थानीय प्रशासनले सुरक्षा सतर्कता  बढाएको छ ।

गत भदौ ४ गतेदेखि जिल्लाभर निषेधाज्ञा गरिएकोमा आज रातिबाट लागू हुने गरी केही खुकुलो गरिए पनि अन्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्नुपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीको डिसीसीएमसीको बैठकले आज (शुक्रवार) राति १२ बजेदेखि लागू हुने गरी थप एक साता लम्ब्याइएको भए पनि निषेधाज्ञा केही खुकुलो गर्दै लैजाने निर्णय गरेको हो ।

बैठकले रुपन्देही, कपिलवस्तु लगायत तराईका अन्य जिल्लाहरुमा कोभिड–१९ को संक्रमण समुदाय स्तरमै देखिएको हुँदा जिल्लामा कोरोना जोखिम रोक्न उच्च सुरक्षा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड पालना गर्न/गराउन निर्देशन दिएको जानकारी दिए ।

उनले छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित बढेको हुँदा नाका क्षेत्रमा कडाइ गर्ने निर्णय गरिएको जानकारी दिए । उनले

जिप्रकाका अनुसार अब गुल्मी प्रवेश गर्दा कोरोनाको पीसीआर रिपोर्ट नभए कम्तिमा १० दिन सम्बन्धित पालिकाले तोकेको क्वारेन्टिनमा बस्नुपर्नेछ ।

यदि कसैले लुकिछिपी क्वारेन्टिन छाडी भाग्ने या जिल्ला प्रवेश गरेको पाइएमा कानुनअनुसार कारवाही गरिनेछ ।

दुग्ध व्यवसाय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाउने तथा मासु, तरकारी फलफूल पसल बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खोल्न पाउन जनाइएको छ ।

अन्य पसल, उद्योग, व्यवसाय भने बिहान १० बजेदेखि साँझ ५ जबेसम्म खोल्न पाइने जिप्रका गुल्मीले जनाएको छ । यो अवधिमा कुनै पनि प्रकारको बैठक, भेला, छलफल, सामूहिक जमघट गर्न भने निषेध गरिएको छ ।

त्यसैगरी  जिल्लाभित्र सञ्चालित बैङ्क, वित्तिय संस्था तथा सहकारीहरुमा अधिकतम रुपमा विद्युतीय सेवामा जोड दिन आग्रह गरिएको छ ।

बढी जनसम्पर्क हुने कार्यालय/निकायहरुले अत्यावश्यक सेवाहरु न्यूनतम जनशक्ति परिचालन गरी स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरी सेवा प्रदान गर्न निर्देशन गरिएको छ ।

 

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ५ : ५४ बजे

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई