ढुसी आएको खानेकुरा बेचेपछि बज्रवाराही मिठाइ पसलबाट सामान बेच्न रोक « Khabarhub

ढुसी आएको खानेकुरा बेचेपछि बज्रवाराही मिठाइ पसलबाट सामान बेच्न रोक


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँको बालाजु बाइपासमा सञ्चालित बज्रवाराही मिठाइ पसलको आजदेखि बिक्री रोक्का गरिएको छ ।

पसल फोहोर भएको, तयारी खाद्य बस्तु खुल्ला राखेको, सेल, पुरी बनाउन प्रयोग गरिने भाँडा नमाझेको, तेल नफेरेको, भान्सा कहिल्यै सफा नगरेको, बिक्री गरेका बाँकी सामान भान्सामा राखेर सम्भव भएसम्म फेरि बेच्ने गरेको पाइएकोले बिक्री रोक्का गरिएको हो ।

महानगरको उपभोक्ता हित संरक्षण समिति पसलमा पुग्दा नुवाकोटतर्फ जाने यात्रीहरुको भीड थियो । उनीहरु पसलमा बिहानको खाजा खाइरहेका थिए । घामको प्रकाश नआउने पसलमा चहकिलो बत्ती पनि थिएन । खाना खुल्ला बेचिरहेको देखेर भित्र पसेको अनुगमन टोलीका समस्यहरुलाई भान्सामा १० मिनेट टिक्न कठिन भयो ।

ग्राहकहरु माथिल्लो तलामा खाजा खाइरहेका थिए । उनीहरुले माग गरेको सामान तल्लो तलाबाट आएको देखेर तल्लो तलामा जान खोज्दा व्यापारीले तल केही नभएको, आनो सबै कारोबार माथिल्लो तलाबाट भएको भन्दै तल जान मानेनन् । उनीहरुको यो जिद्दी सुन्दै लाग्थ्यो तल्लो तलामा केही न केही समस्या छ ।

यस्तो अनुगमन गरेर तल्लो तलामा पुगेको टोली १० मिनेट पनि टिक्न सकेन । काठको अप्ठ्यारो भर्‍याङ्बाट तल झर्दा साँघुरा कोठा भएको ठाउँमा पुगियो । मधुरो प्रकाश आउने ती कोठामा मिठाइ बनाइँदै थियो ।

भान्सा र भास्नेको सफाइ र खाद्यबस्तुको चालचलन मानवस्वास्थ्य अनुकुल नभेटिएपछि अनुगमन टोलीले भौतिक अवस्था र सरसफाइमा सुधार नगरुञ्जेल पसलबाट कुनै पनि मिठाइ, तरकारी तथा अन्य खाद्यबस्तु बेच्न नपाउने गरी रोक्का गरेको हो ।

पसलमा लुकाएर राखेका कारण ढुसी आएको १ डेक्ची रोटी, २ डेक्ची समोसा, बिभिन्न खालका ८ बोरा मिठाइ, १ डेक्ची मालपुवा, गुँदपाक बरामद गरेर फोहोरको गाडीमा नष्ट गरिएको अनुगमन टोलीका संयोजक एवं महानगरको कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए ।

मिठाइ पसलमा बेच्न राखिएका कुनै पनि खानेकुरा खानका लागि योग्य थिएनन्, भण्डारीको भनाइ छ ।

माछापोखरी क्षेत्रमा रहेका खाद्यान्न पसलहरुमा उपभोग गर्ने मिति सकिएका सामानहरु बेच्ने गरेको पाइयो । उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्छन्, ‘नुवाकोट, रसुवालगायत ठाउँबाट आएर हतारमा फर्किने जनसाधारणलाई यस्ता बस्तु बेच्ने गरिएको देखिन्छ । हतारमा भएका यात्रीले मिति हेर्दैनन् । उनीहरुलाई सामान प्राप्त गर्नुसँग मात्र सम्बन्ध देखिन्छ ।’ तिमिल्सेनाकाअनुसार हरेक पसलमा आधाभन्दा धेरै सामान कि त म्याद सकिएका कि त लेवल नराखिएका छन् ।

आजै माछापोखरीमा रहेको तरकारी बजारको पनि अनुगमन गरिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : १९ बजे

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९