जनता समाजवादीका सक्रिय कार्यकर्ताले लेवी तिर्नुपर्ने « Khabarhub

जनता समाजवादीका सक्रिय कार्यकर्ताले लेवी तिर्नुपर्ने


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीमा आवद्ध सम्पूर्ण सक्रिय कार्यकर्ताका लागि लेवी तोकेको छ ।

नयाँ निर्णयसँगै पार्टीको सिफारिसमा कुनै लाभको पदमा गएका व्यक्तिले पनि पार्टीलाई लेवी बुझाउनु पर्ने हुन्छ ।

गत वैशाखमा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई जनता समाजवादी पार्टी नेपाल बनेको थियो भने गएको आसारमा निर्वाचन आयोगबाट मान्यता समेत प्राप्त गरिसकेको छ ।

जसपा नेपालको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार केन्द्रीय कार्यकारी समितिका सदस्यहरुले मासिक एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ भने राजनीतिक समितिका सदस्यहरुले ७००, केन्द्रीय समितिका सदस्यले ५००, संघीय परिषद्का सदस्यले ३००, राष्ट्रिय समितिका सदस्यले २५० र संघीय सांसदहरुले १५ हजार रुपैयाँ लेवी बुझाउनुपर्नेछ ।

प्रदेश तथा स्थानीय तहरुमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले तोकिएको बमोजिम लेवी बुझाउपर्ने छ भने पार्टीको तर्फबाट विभिन्न लाभको पदमा नियुक्त भएका व्यक्तिहरुले पनि तोकिएको लेवी बुझाउपर्ने पार्टीको निर्णयमा उल्लेख छ ।

पार्टी सदस्यता वितरण गर्दा आउने शुल्कको ४० प्रतिशत स्थानीय तह, ३० प्रतिशत प्रतिशत प्रदेश समिति र ३० प्रतिशत केन्द्रीय समितिमा बुझाउनु पर्ने पनि सो पार्टीले निर्णय गरेको छ ।

सो पार्टीको कार्यकारिणी समिति ५३ सदस्यीय रहेको छ, जसमा दुई सीट खाली राखेको छ । केन्द्रीय कार्यसमिति ८०१ सदस्यीय रहेको छ भने संघीय परिषद् ११०१ र राजनीतिक समिति १५१ सदस्यीय रहने विधानमा उल्लेख छ ।

राजपाको प्रतिनिधिसभामा ३४ र राष्ट्रियसभामा ३ गरी जम्मा ३७ संघीय सांसद रहेका छन् । एक जनाले एक ठाउँमा मात्र लेवी तिर्नुपर्छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १ : २२ बजे

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल