नेकपा केन्द्रीय कमिटी बैठक मंसिर १५ सम्मलाई स्थगित « Khabarhub

नेकपा केन्द्रीय कमिटी बैठक मंसिर १५ सम्मलाई स्थगित


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक मंसिर १५ गतेसम्मका लागि सरेको छ ।

नेकपा पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालल र इश्वरी रिजालले बुधवार एक विज्ञप्ति प्रकाशित गरी केन्द्रीय कमिटी बैठक सरेको जानकारी दिएका हुन् ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २०७७ कात्तिक १५ देखि १७ गतेसम्म आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मंसिर १५ देखि १७ गते आयोजना गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

गत भदौ महिनामा सम्पन्न स्थायी कमिटी बैठकले पारित गरेका एजेण्डामाथि छलफल तथा चैत्र महिनामा गर्ने भनिएको महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको थियो ।

पार्टीभित्रको विवाद बढ्दै गएको समयमा नेकपाका एकचौथाई केन्द्रीय सदस्यले हस्ताक्षर गरेर केन्द्रीय कमिटी बैठक माग गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १ : ५१ बजे

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

एजेन्सी– भेनेजुएलामा आएको दोहोरो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन- निष्क्रिय खाता घटाउने कार्ययोजना लागू गर्नू

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले