लस एन्जलसमा ‘प्रतिवन्धात्मक’ व्यवस्थाहरुको घोषणा « Khabarhub

लस एन्जलसमा ‘प्रतिवन्धात्मक’ व्यवस्थाहरुको घोषणा


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्ने लगायतका प्रतिवन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ ।

कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिवन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो ।

देशकै सवैभन्दा धेरै जनसङ्ख्या रहेको ठाउँको रुपमा चिनिएको लस एन्जेलसमा आम मानिसलाई भिडभाड गर्न रोक लगाइएको छ । भिडभाड हुने व्यापार व्यवसाय पूर्ण रुपमा प्रतिवन्ध लगाइएको छ भने अन्य व्यापार व्यवसायका लागि उच्च सतर्कता अपनाउनु पर्ने व्यवस्था गरिएको छ ।

तीन हप्ताका लागि घरमै सुरक्षित भन्ने नाराका साथ आह्वान गरिएको निर्देशन आगामी सोमबारदेखि लागु हुनेछ ।झण्डै एक करोड जनसंख्या रहेको यस क्षेत्रमा थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने नयाँ चार हजार ५४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्थानीय प्रशासनले जारी गरेको निर्देशनमा सम्भव भएसम्म घरमै बस्न र घरभन्दा बाहिर निस्कनै परेमा मुख ढाक्ने चिज लगाउन आग्रह गरिएको छ । सार्वजनिक वा व्यक्तिगत रुपमा पनि कुनै घरपरिवारले भिडभाड तथा जमघट गराउन नपाइने कुरा पनि निर्देशनमा उल्लेख गरिएको छ ।

चर्चमा काम गर्ने र विरोध प्रदर्शनमा उत्रिनेहरुलाई भने यो निर्देशन अनिवार्य नगरिएको अधिकारीहरुले जनाएका छन् । संविधानमा उल्लेखित अधिकारको रक्षाका लागि यस्तो व्यवस्था गरिएको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ८ : ४५ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले