रेड पाण्डा व्यवस्थित गर्दै पर्यटकीय क्षेत्र बनाउन ७८ करोड « Khabarhub

रेड पाण्डा व्यवस्थित गर्दै पर्यटकीय क्षेत्र बनाउन ७८ करोड


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे (रेड पाण्डा) व्यवस्थित गर्न रु ७८ लाखको ठेक्का लगाएको छ । सन्दपुरस्थित सुलुबुङको माइपातालमा करिब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो ।

माइपाताल रेड पाण्डा पाइने ठाउँका रूपमा प्रख्यात हो । पर्यटक आगमन गराउन गाउँपालिकाले रेडपाण्डा नेटवर्कको सहकार्यमा यो काम गर्न लागेको हो ।

पालिकाले यस क्षेत्रमा रेड पाण्डा व्यवस्थित गर्न उपयुक्त वातावरण बनाउन र आक्रमणबाट जोगाउन ठेक्का दिएको हो । गाउँपालिकाका प्रवक्ता गिरिराज खनालका अनुसार रेड पाण्डा व्यवस्थापनका लागि हेरालुसमेत राखिने भएको छ ।

खनालका अनुसार रेड पाण्डा बस्ने वातावरण मिलाउन गाउँपालिकाले ठूला रुखसमेत काट्ने छ । “हामी रेडपाण्डालाई प्रभावित पार्ने रुखबिरुवा काट्दै छौँ”, प्रवक्ता खनालले भने, “स्थानीय प्रजातिका रुख बिरुवा रोप्ने छौँ ।”

हेरालुका लागि व्यवस्थित गर्नैका लागि संरचना समेत गाउँपालिकाले बनाएको हो । गाउँपालिकाको केन्द्र देउरालीबाट ‘अल वेदर’ सडक लगिने गाउँपालिकाले जनाएको छ । यसै आर्थिक वर्षको अन्त्यसम्ममा यो काम सम्पन्न गरिने छ ।

उच्च पहाडी क्षेत्र भएकाले रेडपाण्डासँगै अन्य वस्तुको अवलोकनसमेत यस ठाउँमा हुनसक्ने अनुमान गाउँपालिकाको छ । यस क्षेत्रमा लेकाली वनस्पति र अन्य जीवजन्तुसमेत पाइने बताइएको छ । पर्यटकीय क्षेत्र छिन्टापु जाने बाटो भएकाले भावी दिनमा यस ठाउँमा जाने पर्यटकसमेत रेड पाण्डा अनुगमनमा आउने अनुमान छ ।

रेड पाण्डा व्यवस्थित गर्न वृक्षरोपण

यस्तै, सन्दकपुर गाउँपालिकाकै रेड पाण्डा व्यवस्थापनका लागि जौवारीमा ७०० रोपनी जग्गामा वृक्षरोपण गर्न थालिएको छ । रेडपाण्डा आवतजावत गर्ने जैविक मार्ग संरक्षण गर्नका लागि निजी आवादी जमिन खरिद गरेर सरकारको मातहतमा ल्याई रेडपाण्डा संरक्षणका लागि वृक्षरोपण थालिएको हो ।

रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कको सहयोगमा उच्च पहाडी संस्थाले जिल्ला वन कार्यलयको रोहबरमा जग्गा संरक्षण गरेको उच्च पहाडी संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाक बताउँछन् । “नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने भएकाले भारततर्फ सिंहलीला नेशनल पार्क रहेको छ”, उनले भने, “त्यो क्षेत्र संरक्षित छ, नेपालतिर जङ्गल विनाश भएर गएको छ ।”

नेपालतिरको जङ्गल विनाश भएकाले वन्यजन्तु आवतजावतको लागि समस्या भएको बताइएको छ । त्यसको समाधानको लागि नेपाल र भारतबीचको जैविक मार्ग जोड्न पनि वृक्षरोपणको काम थालिएको उनको भनाइ छ । रेडपाण्डाको चरिचरन तीव्र भएको र वनजङ्गल विनाश भएसँगै निजी आवादीमा रेडपाण्डाको वासस्थान मासिएका कारण संरक्षण थालिएको हो ।

संस्थाले गत वर्ष १७५ रोपनी जग्गा र यस वर्ष १९८ रोपनी जग्गा खरिद गरेर वृक्षरोपणको काम शुरु गरेको हो । उक्त ठाउँमा विभिन्न व्यक्तिका नाममा रहेको जग्गा खरिद गरी तारबार गर्ने काम थालिएको खाम्दाकको भनाइ छ । करिब तीन हजार मिटर क्षेत्रमा तारबारको तयारी गरिएको छ भने त्यस क्षेत्रको आसपासमा रहेका सरकारी जग्गासमेत समेटेर करिब ७०० रोपनी क्षेत्रफलमा वृक्षरोपणको काम थालिएको छ ।

रेडपाण्डाको आहाराको रूपमा रहेको वनस्पति मालिङ्गो टेङ्गा, कुलिङ्गा चिमाल, वाण्टे, भालुचिन्डे गुराँसजस्ता वनस्पति लगाइएको छ । संस्थाले रेडपाण्डाको गतिविधि र क्रियाकलाप दैनिक अनुसन्धान गर्न एक वर्षका लागि १० वटा रेडपाण्डामा सेटेलाइट कलरिङ गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १० : १० बजे

सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ)का ६ जना

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौ – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भीषण कन्स्ट्रक्सनका सञ्चालक

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव