चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता | Khabarhub Khabarhub

चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा आएको चार सदस्यीय टोली र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा चिनियाँ टोलीले दुई देशबीचको हितका विषयमा कुराकानी गरेको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

भेटमा येचौले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश पनि सुनाएका थिए। भेटमा उनले दुई देशका कम्युनिष्ट पार्टीको सम्बन्धका बारेमा चर्चा गरेका थिए।

भेटमा दुई देश र दुई कम्युनिष्ट पार्टीबीच लामो समयदेखि परस्पर सम्बन्ध रहेको र आगामी दिनमा पनि जारी रहने बताएको भट्टराईले बताए ।

तस्वीर : राजन भट्टराईको फेसबुकबाट

भेटवार्तामा चिनियाँ टोलीले नेपालले लिएको एक चीन नीतिमा प्रतिबद्ध रहनेमा विश्वस्त रहेको र अहिलेसम्म उक्त प्रतिवद्धता कायम गरेकोमा सरकारलाई धन्यवाद दिएको भट्टराईको भनाइ छ ।

आइतबार चाटर्ड विमानमार्फत नेपाल आएको चिनियाँ टोलीले  आइतबार नै  राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको थियो।

टोलीले आज नेकपाका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १२ : ५२ बजे

इटहरी गोल्डकपः उपाधि मच्छिन्द्र क्लबलाई

सुनसरी – पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि

संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छः नेता कोइराला

कास्की – नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने

क्यानभासमा स्वयम्भू !

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई

राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

कैलाली – कैलालीको गौरीगङ्गामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल

पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौं – ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका प्रदर्शनकारी र