चिनियाँ टोली र प्रचण्डबीच दुई घण्टा भेट « Khabarhub

चिनियाँ टोली र प्रचण्डबीच दुई घण्टा भेट


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल भ्रमणका क्रममा रहेको चिनियाँ प्रतिनिधिमण्डलले प्रचण्ड–माधव खेमाको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गरेको छ ।

प्रचण्डसँगको भेटका लागि चिनियाँ टोली सोमबार बिहान उनको निवास खुलमटार पुगेर झण्डै दुई घण्टा लामो वार्ता भएको हो ।

प्रचण्डसँगको वार्तापछि सो चिनियाँ टोली माधवकुमार नेपाललाई भेट्न बानेश्वर लागेको छ ।

यसअघि चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री तथा ओली समूहको नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको थियो ।

चिनियाँ टोली आइतवार चाइना एयरको विशेष विमानबाट काठमाडौँ आइपुगेको हो । उक्त टोलीले नेकपाका शीर्ष नेतालाई भेटेर नेकपा एकता र अस्थीर राजनीतिबारे कुराकानी गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार काठमाडौँ आएको हो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १ : ३६ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी