चिनियाँ टोली र प्रचण्डबीच दुई घण्टा भेट « Khabarhub

चिनियाँ टोली र प्रचण्डबीच दुई घण्टा भेट


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल भ्रमणका क्रममा रहेको चिनियाँ प्रतिनिधिमण्डलले प्रचण्ड–माधव खेमाको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गरेको छ ।

प्रचण्डसँगको भेटका लागि चिनियाँ टोली सोमबार बिहान उनको निवास खुलमटार पुगेर झण्डै दुई घण्टा लामो वार्ता भएको हो ।

प्रचण्डसँगको वार्तापछि सो चिनियाँ टोली माधवकुमार नेपाललाई भेट्न बानेश्वर लागेको छ ।

यसअघि चिनियाँ टोलीले आइतबार बेलुका प्रधानमन्त्री तथा ओली समूहको नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको थियो ।

चिनियाँ टोली आइतवार चाइना एयरको विशेष विमानबाट काठमाडौँ आइपुगेको हो । उक्त टोलीले नेकपाका शीर्ष नेतालाई भेटेर नेकपा एकता र अस्थीर राजनीतिबारे कुराकानी गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको सन्देश लिएर चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबार काठमाडौँ आएको हो ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १ : ३६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी