चुनावमा मिलेर जाँदाको परिणाम भोगिसक्यौँ, अब एक्लै लड्छौँ : सभापति देउवा | Khabarhub Khabarhub

चुनावमा मिलेर जाँदाको परिणाम भोगिसक्यौँ, अब एक्लै लड्छौँ : सभापति देउवा


१३ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णण कांग्रेसलाई मान्य हुने बताएका छन् ।

सोमबार भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेसले आयोजना गरेको विरोधसभाको सम्बोधनमा उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक र अप्रजातान्त्रिक कदम चालेकाले आफू सडकमा उत्रिएको बताए ।

उनले अबको निर्वाचनमा कांग्रेस एक्लै लड्ने बताए ।

‘ओली नेतृत्वको सरकारले संसद् भंग गरेर निर्वाचनको मितिसमेत घोषणा गरिसकेको छ। कसैसँग मिलेर जाँदैनौं मिलेर गएको फल पाइसक्यौँ एक्लै जान्छौँ,’ उनले भने, ‘एक्लै जाँदा हाम्रो शक्तिको आँकलन हुन्छ। जनतालाई आफ्नो धारणा राख्न सजिलो हुन्छ। हाम्रो पार्टीले ओलीको अप्रजातान्त्रिक कदम हो भनेर घोषणा गरिसकेको छ। अलोकतन्त्रको निर्णयको खिलाप एक्लै प्रदर्शन गर्ने निर्णय गरेका छौँ।’

उनले संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसलामा आफूहरुलाई मान्य हुने बताए ।

सम्बोधनका क्रममा देउवाले भने, ‘संसद् विघटनको मुद्दा अदालतमा छ, हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो, हामी मान्छौं ।’

उनले कांग्रेस पञ्चायती व्यवस्थामा पनि अदालतको निर्णय मान्ने पार्टी भएको बताए ।

‘कम्युनिस्ट सरकार आएपछि अदालत पनि डराएको छ, स्वविवेकले अदालतले जे फैसला गर्छ, त्यो हामीलाई मान्य छ,’ देउवाले भने ।

साथै उनले संसद् विघटन र सरकारले गरेका कामका कारण विरोध प्रदर्शन जारी राख्ने पनि बताए । उनले ओलीको सरकार अलोकतान्त्रिक, अप्रजातान्त्रिक भएको कांग्रेसले घोषणा गरिसकेको बताए ।

यसैबीच तनहुँमा भएको विरोध सभामा वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।

काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ ले आज भीमादमा आयोजना गरेको विरोधसभालाई सम्बोधनका क्रममा वरिष्ठ नेता पौडेलले सरकारले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको र अदालतले त्यसलाई सच्याउने विश्वास व्यक्त गरे ।

वरिष्ठ नेता पौडेलले भने, “सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनैपर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ ।”

मुलुकलाई सङ्कटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्ने उनको जिकिर थियो । नेपाल कम्युनिष्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् भएको पौडेलको भनाइ थियो ।

“संविधानमा संसद् विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको छ”, उनले भने, “संविधानको रक्षक राष्ट्रपतिबाट पनि गलत कामको समर्थन भएको छ ।”

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ४ : २८ बजे

इटहरी गोल्डकपः उपाधि मच्छिन्द्र क्लबलाई

सुनसरी – पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि

संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छः नेता कोइराला

कास्की – नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले राज्य सञ्चालन गर्ने

क्यानभासमा स्वयम्भू !

काठमाडौं – विश्वसम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाको महत्वपूर्ण क्षेत्र स्वयम्भूलाई

राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

कैलाली – कैलालीको गौरीगङ्गामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल

पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

काठमाडौं – ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका प्रदर्शनकारी र